खेलकुदशुक्रबार, बैशाख २६, २०७१

अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता चरिकोटमा शुरु

हिमालखबर

नेपालसहित भारत, बंगलादेश, जापान, फ्रान्स र अमेरिकाका एकसय भन्दा बढी खेलाडीको सहभागिता रहेको अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता दोलखाको चरिकोटमा २५ वैशाखदेखि शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन अन्तराष्ट्रिय बुद्धिचाल महासंघ ‘फिडे’ का उपाध्यक्ष निहात अली याजीसी, सभासद पशुपति चौलागाई र पार्वत गुरुङले संयुक्त रुपमा गरेका छन् ।

फिडेको स्वीस लिग अनुसार ९ चरणमा खेलाईने खेल ७ दिन सम्म चल्ने छ ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार, २५ हजार, १५्र हजार र १० हजार नगद प्रदान गरिने अन्तराष्ट्रिय आरविटर उमेश केसीले जानकारी दिए ।
सर्मिला बुढाथोकी, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>