Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बैंसमा डन्डिफोरको टेन्सन - Himalkhabar.com

टिप्पणीशुक्रबार, बैशाख २६, २०७१

बैंसमा डन्डिफोरको टेन्सन

डा. सुमनराज ताम्राकार

गालैमा रै’छ डन्डिफोर
माया लाउँ भने हुन्छ क्यारे बोर …!

केही वर्ष अगाडि खुबै चलेको लोकदोहोरी गीतको यो पंक्ति बैंसको समयमा आउने डन्डिफोरको दिग्दारी प्रष्ट्याउन काफी छ। टीनएज पुगेपछि आफू कस्तो देखिन्छु अनि दिनानुदिन के–के फरकपन आएको छ भनेर सजग नहुने वा नभएको शायदै कोही होलान्। ऐनाको अगाडि उभिंदा अनुहारमा आउन थालेको डन्डिफोरमा आँखा पर्ने बित्तिकै त्यसका सेता वा काला टुप्पा निचोर्न औंलाहरू सल्बलाइहाल्छन्। परिणाम, खाटा वा दाग बस्छ र साथीसँगीका अगाडि आत्मविश्वास डगमगाउन बेर लाग्दैन।

मुक्तिको उपाय

डन्डिफोर ठ्याक्कै किन आउँछ थाहा नभए पनि एन्ड्रोजेन हर्मोन यसको कारक तत्व मानिएको छ। रौं केराटिनबाट बन्छ। यसको जरामा बोसोयुक्त श्राव निकाल्ने ग्रन्थी हुन्छ, जसले छालालाई मुलायम एवं चिल्लो बनाउँछ। कुनै कारणवश यो श्राव निस्कने मुख थुनियो भने रौंको जरा सुन्निन्छ। समयक्रममा छालाको बाह्य सतहमा दरार उत्पन्न भयो भने कीटाणुको प्रवेशसँगै संक्रमण हुन थाल्छ।

खुल्ला तथा बन्द डन्डिफोर, पिप भरिएको डन्डिफोर एवं केवल राताम्य मात्र भएको, गिर्खा बनेको, दाग बसिसकेको गरी विभिन्न खाले डन्डिफोरलाई मेडिकल भाषामा एक्ने भनिन्छ। एक्ने भल्गेरिस, एक्ने रोजेसिया, एक्ने कन्ग्लोमाटा र एक्ने फुल्मिनेन्स गरी डन्डिफोरको समस्यालाई चार प्रकारमा विभाजन गरिएको हुन्छ। पिप भरिएको, दाना आउने, रातो दाग देखिने, स–साना खाडल देखा पर्ने, कालो दाग बस्ने लक्षणबाट एक्ने छुट्याइन्छ। बिमिरायुक्त डन्डिफोर भने अनुहार, पिठ्यूँ, छातीमा आउँछ। कुनै डन्डिफोर दुख्ने, सुन्निने र चिलाउने पनि हुन्छ।

८० प्रतिशत युवामा डन्डिफोरको समस्या हुन्छ। महिलाको छालामा तेलको मात्रा बढी हुने हुनाले डन्डिफोरले बढी सताउँछ। डन्डिफोर खासमा छालासँग सम्बन्धित समस्या हो। कतिमा यसकै कारण हीनताबोध, आत्मविश्वासमा कमी लगायतका मानसिक समस्या पनि उत्पन्न हुन्छ। अधिक मोटोपना भएका युवतीमा हर्मोनको असन्तुलनसँगै महिनावारीको गडबडीमा डन्डिफोरले सताउन सक्छ। डन्डिफोरको समस्या अन्य कारणसँग पनि जोडिने हुनाले वेलैमा छाला रोग विशेषज्ञको सहयोग लिनु राम्रो हुन्छ।

२० देखि ३० वर्ष उमेर समूहका किशोर–किशोरीमा बढी देखिने डन्डिफोरको समस्या धेरैजसोमा आफैं निको भए पनि कतिपयमा समयमै उपचार नगराएर वा कतिपयमा अनावश्यक तवरले निचोर्नाले खाटा बस्ने, दाग बस्ने हुन्छ। डन्डिफोरबाट हैरान भएका महिला वा पुरुषले निचोरेका कारण दाग बसिहालेको भए पनि अब आधुनिक चर्म–चिकित्सा क्षेत्रमा भित्रिएको नयाँ प्रविधिका कारण त्यसबाट सजिलै मुक्ति पाउन सक्छन्।

तेल वा क्रिमको प्रयोगले डन्डिफोरको समस्या बढाउन सक्छ। अधिक कार्बोहाइड्रेट एवं चिल्लो पदार्थयुक्त खानाले पनि यसलाई राम्रो गर्दैन। आइसक्रिम, पिज्जा, चकलेट, बर्गर आदि जंकफुडले त डन्डिफोरको लागि मलकै काम गर्छ। अनुहारको हेरचाह गर्दा यो कुरालाई भुल्नुहुँदैन। माथि नै भनियो, डन्डिफोर सबैलाई आउँछ र यसलाई चलाइराख्नु हुँदैन।

चलाउँदा बूढापाकाले भने जस्तो नङको विष लाग्छ। डन्डिफोरको समस्याबाट जोगिन चाहने औषधियुक्त साबुन, क्लिन्जर वा लोसनले दिनमा दुई, तीन पटक मुख धुनुपर्छ। राति सुत्नु अगाडि पनि अनुहारको सफाई गर्नुपर्छ। सौन्दर्य प्रसाधन चलाउने हो भने तेल नभएको छान्नुपर्छ। मेकअप गरिएको छ भने सफा गरेर मात्र सुत्नुपर्छ।

चिल्लो खानेकुराका कारण पनि डन्डिफोरले सताउने भएकोले सागपात, फलफूल एवं अधिक पानी पिउनुपर्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>