Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अभ्यासको उकालो - Himalkhabar.com

रमझमशुक्रबार, बैशाख २६, २०७१

अभ्यासको उकालो

हिमालखबर

११ वर्षको उमेरमा एकल अल्बमका साथ संगीत क्षेत्रमा आएकी स्मिताले व्यावसायिक गायन शुरु गरेकी छन्। एकीकृत माओवादीका अध्यक्ष दाहालकी कान्छी छोरी गंगाकी छोरी उनी एसएलसी परीक्षा पछि गायनमा ‘होलटाइमर’ बनेकी हुन्।
कक्षा ५ र एसएलसीको बीचमा उनले थुप्रै फुटकर गीत गाएकी थिइन्।

आफूमा गायन प्रतिभा भए पनि पढाइमा बाधा नपुगोस् भनेर अहिलेसम्म आमाको सल्लाहमा गीत–संगीतलाई कम समय दिएको १६ वर्षीया स्मिता बताउँछिन्। “अब नियन्त्रणको समय सकियो”, उनले भनिन्, “पढाइसँगै संगीतले प्रधानता पाउने छ।”

रामकृष्ण ढकाल, अन्जु पन्त, संगीता राना, चेतन सापकोटा, हिमाल सागर जस्ता गायक–गायिकासँग विभिन्न किसिमका ३१ वटा गीत गाइसकेकी स्मिताको गायकीको प्रशंसा गर्ने थुप्रै छन्।

मिहिनेत र साधना पुग्ने हो भने स्मिताबाट नेपाली गीत–संगीतले मनग्ये पाउने सम्भावना रहेको गायिका पन्त बताउँछिन्। संगीतकार बसन्त सापकोटा स्मिताको गलामा ठूलो प्रतिभा लुकेको बताउँदै भन्छन्, “उनीभित्र उत्कृष्ट गायिका बन्ने खुबी छ, पर्याप्त मिहिनेत गरिन् भने।”

नभन्दै उनी अहिले आफ्नो ‘गड गिफ्टेड’ गलालाई साधनामा लगाइरहेकी छन्। १५ वैशाखमा राजधानीको कपुरधारास्थित एमबी स्टुडियोमा रमेशराज भट्टराईको शब्द/संगीतमा प्रिय तिम्रो हृदयमा बस्न चाहन्छु म गीत रेकर्डिङमा भेटिएकी उनले भनिन्, “एउटा राम्रो गायिकाको रुपमा चिनिने कोशिशमा छु।”
शब्द/तस्वीरः ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>