Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पुस्तक पसलमा पेट्रोल बिक्री - Himalkhabar.com

थप समाचारशनिबार, बैशाख २७, २०७१

पुस्तक पसलमा पेट्रोल बिक्री

हिमालखबर

चितवनका पुस्तक पसलेसमेतले पेट्रोलको कालोबजारीमा संलग्न भएको पाइएको हो । पुस्तक पसल र किनारा पसलेबाटै पेट्रोलको कालोबजारी हुने गरेको पाइएपछि कडा अनुगमन थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक जीवलाल चुँदालीले जानकारी दिए ।

अनुगमनको क्रममा चितवन माडी, अयोध्यापुरीको ब्रदर्स पुस्तक पसलले पेट्रोल बिक्री गरिरहेको पाइएको छ । भरतपुरको कौशल किराना पसल, मदिरा पसलले पनि पेट्रोल बिक्री गर्ने गरेको पाइएको चुँदालीले जानकारी दिए ।

उनीहरुले चर्को मूल्यमा बोतलमा राखेर पेट्रोल बिक्री गरेको पाइएकोले कालोबजारी तथा सामाजिक अपराध ऐन अनुसार मुद्दा अघि बढाएको प्रहरीको भनाइ छ ।

प्रहरीले पेट्रोलमा कालोबजारी गरेर बिक्री गर्ने ६ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट बेच्न राखिएको पेट्रोल पनि प्रहरीले बरामद गरेको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>