अर्थ/बजारबिहीबार, भाद्र २१, २०६९

राष्ट्रिय वाणिज्य ब्याङ्क र एनआईडीसी गाभिने

हिमालखबर

अर्थमन्त्री वर्षमान पुन अध्यक्ष रहेको उच्चस्तरीय वित्तीय समन्वय समितिको २१ भदौमा बसेको बैठकले राष्ट्रिय वाणिज्य ब्याङ्क र एनआईडिसीलाई मर्ज गर्ने निर्णय गरेको हो । मर्जको कार्य अगाडि बढाउन बिहीबारै अर्थ मन्त्रालयले राष्ट्र ब्याङ्कलाई पत्रचार गर्दैछ ।
बैठकले राष्ट्र ब्याङ्कको समन्वयमा दुवै संस्थाको वोर्ड बैठक बसेर मर्जर समिति गठन गर्ने निर्णय गरेको छ ।

दुवै ब्याङ्कले विशेष साधारणसभा बोलाएर मर्जबारे सैद्धान्तिक निर्णय लिने र त्यसको ६ महिनाभित्र मर्जर गरेर एकीकृत कारोबार शुरु गर्नेछन् । दुई संस्थाको मर्जपछि बन्ने ब्याङ्क वाणिज्य बैंकहरुको ‘लिड ब्याङ्क’ बनाउने सरकारी तयारी छ । सरकारी स्वामित्वका ब्याङ्कलाई शक्तिशाली बनाउन पनि मर्जर आवश्यक भएको अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले बताए ।

एनआईडिसी बैंक नेपालको सबै भन्दा पुरानो सरकारी वित्तीय संस्था हो । २०१६ सालमा स्थापना भएको यो संस्थासँग अहिले १ अर्ब रुपियाँ चालू पूँजी छ । त्यसभन्दा ६ वर्षछि स्थापना भएको राष्ट्रिय वाणिज्य ब्याङ्कसँग ९० अर्ब चालू पूँजी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>