थप समाचारसोमबार, बैशाख २९, २०७१

अब सुगम लामाबगर (बीस तस्वीर)

dewaki

दोलखा जिल्ला सदरमुकाम चरिकोटबाट ५० किलोमिटर पूर्वोत्तर कुनोमा पर्ने लामाबगर गाविस गत पाँच वर्षदेखि राष्ट्रिय चर्चामा छ– ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनाको कारण । हिमालबाट आएको तामाकोशीमा धमाधम परियोजनाको मुख्य बाँध बनिरहँदा चारैतिर ठूल्ठूला पहाडले घेरिएको लामाबगरमा हेर्न लायकको आशा र आर्थिक गतिविधि देखिन्छ ।

२०१६ डिसेम्बरमा पूरा हुने यो परियोजना निर्माण ठेकेदार चीनको सिनो हाइड्रो कम्पनी हो । परियोजनामा अहिले ५०० कामदार दुई सिफ्टमा चौबीसै घन्टा काम गरिरहेका छन् । परियोजनाको ६० प्रतिशत काम सकिएको इन्जिनियर बलबहादुर केसीले बताए ।

आधा दशकअघिसम्म नेपालभन्दा तिब्बत नजिक रहेको लामाबगरलाई परियोजनाको सडकले रातारात सुगम बनाइदिएको छ । परियोजनाले गर्दा नै आफूहरूले वास्तविक रूपमा नेपाली भएको अनुभूति गर्न पाएको स्थानीय लीलाबहादुर बस्नेतले बताए । स्वदेशी पूँजीमै बनिरहेको रु.३६ अर्बको परियोजनामा स्थानीयको १० प्रतिशत शेयर लगानी छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>