अर्थ/बजारसोमबार, बैशाख २९, २०७१

राष्ट्रिय प्रशारणलाइनमा चार मेगावाट बिजुली थपियो

हिमालखबर

युवराज श्रेष्ठ, लमजुङ

फाइल तस्वीर

लमजुङको घेर्मुस्थित चिप्लामा निर्माण भएको राँधी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रशारणलाइनमा थपिएको हो । आयोजनाले दुई साता अघिदेखि विद्युत् उप्तादन थाले पनि २९ बैशाखदेखि प्रशारणलाइनमा थपिएको आयोजनाका प्रबन्धक गिरीराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आयोजनाले २.२ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । बर्खा याममा भने पूरा क्षमतामा नै विद्युत् उत्पादन हुनेछ ।

आयोजनाको बिजुली लमजुङकै थाकनबेसी हुँदै उदिपुरस्थित मध्य मस्र्याङ्दी जलविद्युत् केन्द्रको सवस्टेशनमा जोडिएको छ । आयोजनाबाट उत्पादित बिजुली प्रशारणलाईनमा जोडिएपछि लमजुङ, गोरखा, तनहूँ लगायतका जिल्लामा लोडसेडिङ घट्ने शवस्टेशनका विद्युतीय प्राविधिक रामचन्द्र पन्तले जानकारी दिए ।

आयोजनाले घेर्मु गाविसको चिप्लामा बाँध बाँधेर करिब २ किलोमिटर पेनस्टक पाइपबाट पानी ल्याई श्रीचौर बेसीको पुल नजिकै विद्युतगृह निमार्ण गरिएको छ । ‘रन अफ दि रिभर’ मा आधारित आयोजना रु.६० करोड बराबरको लागतमा निर्माण सम्पन्न गरिएको हो ।

आयोजनाका लागि ग्लोबल बैंक, सानिमा विकास बैंक, कुमारी बैंक, जनता बैंक, बैंक अफ काठमाडौंले ऋण लगानी गरेका छन् । आयोजनामा प्रभावित क्षेत्र घेर्मु, ताघ्रिङ र बाहुनडाँडा गाविसका स्थानीय बासिन्दाको १५ प्रतिशत, एचटेक कम्पनीको १२ प्रतिशत, लमजुङ विद्युत विकास कम्पनी (लेड्को) ले ७२ प्रतिशत र स्याँगे जलविद्युत आयोजनाको १ प्रतिशत शेयर रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>