अर्थ/बजारसोमबार, बैशाख २९, २०७१

माथिल्लो मर्स्याङदी ए आयोजनाको काम ठप्प

हिमालखबर

पचास मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ए आयोजनाको निर्माण काम मजदुरले ठप्प पारेका हुन् । काम नभएको दिनको पनि तलब पाउनुपर्ने भन्दै मजदुरले २९ बैशाखदेखि आयोजनाको काम ठप्प पारेका छन् ।

माथिल्लो मर्स्याङदी ए को निर्माणाधीन ड्याम साईड । तस्वीरः युवराज श्रेष्ठ

आयोजनामा कार्यरत नेपाली मजदुरले काम नभएको दिनको पनि १० घण्टा बराबरको तलब भुक्तानी हुनुपर्ने माग अघि सारेका छन् । भुलभुले गाविस–१ र २ का बासिन्दाले सडक निर्माणको माग गर्दै २८ बैशाखमा पनि आयोजनाको काम बन्द गरेका थिए ।

स्थानीयबासिन्दासँग निर्माण काम अघि बढाउने समझदारी भए पनि मजदुरले भने सोही दिनको तलबका साथै ओभरटाइमको पनि तलब दिनुपर्ने माग राखेका हुन् ।

आयोजनाको व्यवस्थापन पक्षले बन्दको समयमा काम नभएको र आठ घण्टाको मात्र तलब भुक्तानी दिने बताएका छन् । तर, दैनिक दुई घण्टा ओभरटाइम काम गर्ने गरेकाले बन्द भएको दिनको ओभरटाइम पारिश्रमिक पनि दिनुपर्ने भन्दै मजदुरले माग राखेका छन् ।

आन्दोलनका क्रममा आयोजनाका चिनियाँ फोरम्यानले मजदुर खोमराज घलेलाई हातपात गरेको समेत मजदुरले आरोप लगाएका छन् । प्रहरी र आयोजना सरोकार समितिका पदाधिकारीकै अगाडि हातपात गरेको मजदुरले आरोप लगाए पनि व्यवस्थापनले भने अस्वीकार गरेको छ ।

आउँदो २२ महीनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको आयोजनामा पाँच सय नेपाली र दुई सय चिनियाँ मजदुर कार्यरत छन् । आयोजना निर्माणका लागि चिनियाँ सिनो हाईड्रोपावर कम्पनीको ९० प्रतिशत र नेपाली सगरमाथा पावर कम्पनीको दश प्रतिशत लगानी छ ।

युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>