Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालको लगातार चौथो जीत - Himalkhabar.com

खेलकुदशुक्रबार, भाद्र २२, २०६९

नेपालको लगातार चौथो जीत

हिमालखबर

चार खेलबाट ८ अंक जोडेको नेपाल अंक तालिकामा शीर्ष स्थानमा छ । सिंगापुर र डेनमार्कले समान ६ तथा अमेरिकाले ४ अंक जोडेको छ । आयोजिक मलेसिया र तान्जानिया अंक बिहिन छ ।

मलेसियाको क्वालालाम्पुरमा २२ भदौमा भएको खेलमा नेपालले अमेरिकालाई ३२ रनले हराएको हो । ५० ओभरमा ८ विकेटको क्षतिमा नेपालले अमेरिका सामु २५९ रनको चुनौति खडा गरेको थियो । १० बल बाँकी छँदै अलआउट भएको अमेरिका २२६ रनमा समेटियो ।

नेपालका लागि सुवास खकुरेलले ११५, ज्ञानेन्द्र मल्लले ४६, पारस खड्काले ४१, अनिलकुमार मण्डलले २० र प्रदीप ऐरीले १४ रनको योगदान गरे । अमेरिकाका लागि सुशील नादकर्नीले ८४ र स्टेभ माशिस्ले २९ रन जोडेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा बसन्त रेग्मीले ५ शक्ति गौचन र संगम रेग्मीले समान दुई र अमृत भट्टराईले एक विकेट लिएका थिए ।

नेपालले २४ भदौमा डेनमार्कसँग खेल्दैछ ।  यसअघि नेपालले तान्जानीय, मलेसिया रसिंगापुरलाई पराजित गरेको थियो ।

सुवास खकुरेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>