Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उभौली पर्वको रौनक (दश तस्वीर) - Himalkhabar.com

थप समाचारबुधबार, बैशाख ३१, २०७१

उभौली पर्वको रौनक (दश तस्वीर)

हिमालखबर

शब्द/तस्वीरः बिक्रम राई

किरात (राई, लिम्बू, याक्खा, सुनुवार) समुदायले मनाउने उभौली पर्व शुरु भएको छ । बैशाख पूर्णिमाको दिनदेखि शुरु हुने उभौली पर्व किरात समुदायले मनाइरहेका छन् ।

बालिनाली लगाउने समयमा मनाइने यो पर्वमा प्रकृति, देविदेउता र भूमीको पूजा गर्ने चलन छ । यो पर्वमा बालिनाली सप्रियोस्, अन्नबालीमा किराफट्याङ्ग्रा नलागोस्, प्रकृतिले सहकाल देओस् भन्दै इष्ट देउतासँग पूजा र प्रार्थना गरिन्छ ।

किरात समुदायले यो पर्वमा प्रकृतिको पूजासँगै मौलिक संस्कृति झल्काउने पोशाकमा सजिने, मीठो खाने, इष्टमित्र, छिमेकीलाई बोलाई मीठा परिकार खुवाउने, नाँचगान तथा शुभकामना आदानप्रदान गर्ने गर्छन् ।

उभौली पर्वको अवसरमा राजधानीसहित किरात समुदायको बसोबास रहेको क्षेत्रमा विशेष कार्यक्रम हुँदैछन् ।

उभौली पर्वको अवसरमा राजधानीमा देखिएको केही झलकहरुः

किरात समुदायले उभौली र उधौली गरी दुई पर्व मनाउँछन् । बैशाख पूर्णिमामा उभौली र मंसीर पूर्णिमामा उधौली पर्व मनाइन्छ । पर्वको अवसरमा किरात समुदायले मौलिक नाँचगान र झाँकी प्रदर्शन पनि गर्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>