Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारतले दशगजा छेउमै सडक बनाउँदै (तस्वीरसहित) - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ १, २०७१

भारतले दशगजा छेउमै सडक बनाउँदै (तस्वीरसहित)

हिमालखबर

तुफान न्यौपाने, नेपालगञ्ज

बाँकेको हिरमिनियास्थित सीमा स्तम्भ ।

बाँकेको हिरमिनिया गाविसस्थित पिलर नम्बर २६—३ बाट पश्चिम नाका रुपैडिहासम्म भारतले सडक निर्माण गरिरहेको हो । सीमा पिलरबाट १० मिटर दायाँबायाँसम्म कुनै पनि प्रकारको निर्माण कार्य गर्न पाइँदैन । तर, भारतले अहिले ५ मिटरभित्रैबाट सडक निर्माण गरिरहेको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा भारतले बनाउँदै गरेको सडकमा माटो पट्याउँदै ट्रयाक्टर । तस्वीरहरुः तुफान न्यौपाने

करिब तीन मिटर अग्लो बनाइएको सडकले वर्षामा पानीको प्राकृतिक बहावको बाटो छेक्ने कारणले बाँकेका हिरमिनिया, भवानीपुर र प्रिपहवा गाविस तथा नेपालगञ्ज नगरपालिका डुबानको जोखिममा परेका छन् । स्थानीयले सडक निर्माणसँगै पानी निकासको पनि व्यवस्था गर्न माग गरेका छन् ।

हिरमिनियाका राजेन्द्र बर्माले यसबारे आफूहरुले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ध्यानाकर्षण गराए पनि उनीहरू ‘सडक विभागको काम’ भन्दै पन्छिने गरेको र नेपाली अधिकारीहरूले पनि यसबारे ध्यान नदिएको बताए ।

दशगजामा भारतले बनाउँदै गरेको सडकमा नेपालतिरबाट माटो झिकिएको छ ।

एक सातादेखि निर्माण थालिएको सडकमा शुरूका केही दिनसम्म सडक पट्याउन चाहिने माटोसमेत नेपाली भूभागतिरैबाट लगिएकोमा आफूहरूले रोकेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट कालाबन्जरका प्रहरी निरीक्षक डीएस धामीले बताए । “एसएसबी ओहोरदोहोर गर्न बाटो खन्दै गरेको जानकारी पाएका छौं,” प्रमुख जिल्ला अधिकारी जीवनकुमार ओलीले भने, “सीमासम्बन्धी समस्या सरकारीस्तरबाटै हल गरिनुपर्छ ।”

सीमा क्षेत्रमा गस्ती गर्दै सशस्त्र प्रहरी ।

३० वैशाखमा एमालेको अञ्चल भेला उदघाटन गर्न आएका गृहमन्त्री बामदेव गौतमसमक्ष पनि प्रमुख जिल्ला अधिकारीले सीमा क्षेत्रमा निर्माणाधीन सडक र त्यसले वर्षामा पार्नसक्ने डुबानको समस्याबारे ध्यानाकर्षण गराएका थिए । त्यसक्रममा उनले त्यसले डुबानको समस्या निम्त्याउनसक्नेमा आफू सचेत रहेको र त्यसलाई केन्द्रीय तहमै हल गर्ने प्रतिवद्धता जनाएका थिए ।

भारतले दशगजामा बनाएको सडक अवलोकन गर्दै बाँके क्षेत्र नम्बर–२ का सभासद दिनेशचन्द्र यादव ।

यसैबीच, बाँके क्षेत्र नम्बर–२ का सभासद् दिनेशचन्द्र यादवले सडक निर्माणाधीन क्षेत्रको निरीक्षण गरेका छन् । त्यसक्रममा प्रभावित क्षेत्रका स्थानीयसँग उनले समस्या समाधानका लागि आफूले केन्द्रमा पहल गर्ने आश्वासन दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>