Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विशाल वारियर्स र जगदम्बा जेन्ट्स विजयी - Himalkhabar.com

खेलकुदबिहीबार, जेठ १, २०७१

विशाल वारियर्स र जगदम्बा जेन्ट्स विजयी

हिमालखबर

एनपीएल क्रिकेट प्रतियोगिताअन्तर्गत १ जेठमा भएका खेलमा विशाल वारिर्यस र जगदम्बा जायन्ट्स विजयी भएका हुन् । महेन्द्रनगरमा भएको खेलमा विशाल वारियर्सले कलर्स एक्स फ्याक्टर्सलाई ५ विकेटले हरायो भने धनगढीमा भएको खेलमा जगदम्बा जायन्ट्सले सगरमाथा लिजेन्ड्सलाई ५१ रनले पराजित गर्‍यो ।

महेन्द्रनगरमा १८१ रनको लक्ष्य पछ्याएको विशाल वारियर्सले ४८.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । विशाल वारियर्सका लागि दिपेश खत्रीले ५०, प्रकाश केसीले ३३, सुरज कुर्मीले २६ र कप्तान पारस खड्काले १९ रनको योगदान गरे ।

कलर्स एक्स फ्याक्टर्सका कुमार थापाले २, सञ्जम रेग्मीले २ र अमरसिंह रौटेलाले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरको कलर्स एक्स फ्याक्टर्सले १८० रन बनाएको थियो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्ले ७७ रन बनाए । अमरसिंह रौटेलाले १६ रन बनाए । विशाल वारियर्सका रामनरेश गिरीले ४ विकेट लिए । यज्ञमान कुमालले २ र मञ्जित श्रेष्ठले एक विकेट लिए ।

विशाल वारियर्सका रामनरेश गिरी म्यान अफ दी म्याच चुनिए ।

धनगढीमा भएको खेलमा जगदम्बा जायन्ट्सले सगरमाथा लिजेन्ड्सलई ५१ रनले हरायो । शक्ति गौचनको कप्तानीमा उत्रिएको जगदम्बाले विनोद भण्डारी नेतृत्वको सगरमाथालाई ५१ रनले हराएको हो ।

पहिले ब्याटिङ जगदम्बाले निर्धारित सबै ओभर खेल्दै ९ विकेटको क्षतिमा २१३ रन बनायो । उसका लागि नरेश बुढाएरले ३७ रन बनाए । सगरमाथाका राहुल विकले ३ विकेट लिए भने लालबहादुर अधिकारी र रुपेश श्रीनिवासले समान २–२ विकेट हात पारे ।

जबाफी ब्याटिङमा उत्रिएको सगरमाथा ३२.३ ओभरमा १६२ रनमा अल आउट भयो । उसका लागि अनिल मण्डलले सर्वाधिक ३६ रनको योगदान गरे । जगदम्बाका शक्ति गौचनले मात्र १९ रन खर्चिएर ४ विकेट लिए । प्रेम तामाङले ३ विकेट लिए । गौचन म्याद अफ दी म्याच भए ।

२ जेठमा महेन्द्रनगरमा तेज पञ्चकन्या तथा जगदम्बा जायन्ट्स र धनगढीमा कलर्स एक्स फ्याक्टर्स र कान्तिपुर गोर्खाजबीच खेल हुनेछ ।

बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>