Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
इन्जिनियर कलाकार - Himalkhabar.com

रमझमबिहीबार, जेठ १, २०७१

इन्जिनियर कलाकार

हिमालखबर

तीन परी शीर्षकको सन्ध्याको पेन्टिङ।

इलेक्ट्रिकल पावरमा जर्मनीबाट र पर्यावरणीय इन्जिनियरिङमा सिंगापुरबाट स्नातकोत्तर सन्ध्याले २०–२६ वैशाखमा आर्ट काउन्सिल बबरमहलमा अनन्त आकाशमा ऐश्वर्यपूर्ण गौरवान्वित मेरो देश नेपाल शीर्षकमा आठौं एकल चित्रकला प्रदर्शनी गरिन्। प्रदर्शनीमा नेपाली हिमालका १५ थान पेन्टिङ सामेल थिए।

यसअघि सिंगापुर र भियतनाममा समेत गरी सातौं एकल प्रदर्शनी गरेकी उनी इन्जिनियरको जागीरका बीचमा कलाकर्मलाई महत्व दिइरहेकी छन्। अध्ययन र जागीरको सिलसिलामा नेपाल बाहिर २५ वर्ष विताएकी धोबीघाट ललितपुरकी सन्ध्या भन्छिन्, “मैले ललितकला नै पढ्न पाएको भए योभन्दा अझ धेरै गर्न सक्ने थिएँ भन्ने लाग्छ।”

स्कूले जीवनदेखि नै चित्र बनाउन सिपालु सन्ध्या सेन्ट मेरिज हाईस्कूलबाट २०४१ मा एसएलसी सकेपछि नेपाल वा विदेश जहाँ भए पनि ललितकला पढ्न चाहन्थिन्।

आफ्ना पेन्टिङका साथमा सन्ध्या।

तर, आफन्तहरूले समेत ‘बोर्ड थर्ड विद्यार्थीले कहाँ कला पढ्छ’ भनेपछि अभिभावकले बेंग्लोरको बीएमएस कलेज अफ इन्जिनियरिङमा भर्ना गरिदिए।

सरकारी छात्रवृत्तिमा भारतबाट जर्मनी पुगेकी उनले बेंग्लोरमा नै पानी रंगका चित्रमा उल्लेख्य प्रगति गरेकी थिइन्। कलामा समृद्ध यूरोप पुगेपछि सन्ध्याले फ्रान्स, जर्मनी र स्पेनका विश्वप्रसिद्ध आर्ट ग्यालरीहरू चहारिन्, जसले चित्रकलाप्रतिको उनको मोहलाई अझ बढाइदियो। “त्यसपछि पेन्टिङ मेरो लागि झनै महत्वपूर्ण भयो”, उनी भन्छिन्।

पर्यावरण इन्जिनियरिङमा एमई गर्न सिंगापुर गएपछि त उनले नान्याङ एकेडेमी अफ फाइन आर्टमा चित्रकलाको ज्ञान समेत लिएर एकल प्रदर्शनी नै गरिन्। त्यसपछि १० वर्ष भियतनाममा इन्जिनियरको रूपमा काम गरेकी उनी साहित्यकार पनि हुन्। उनका दुई वटा कविता संग्रह र आमाको जीवनी प्रकाशित छन्। मान्छे, मानवता, मातृभूमि, राष्ट्रियता, प्रकृति प्रेम, धर्म–संस्कृति सन्ध्याको पेन्टिङका विषय हुन् ।

ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>