थप समाचारशुक्रबार, जेठ २, २०७१
भारतीय लोकसभा चुनावको मतगणना हुँदै
भारतमा भएको लोकसभा चुनावको मतगणना २ जेठ बिहानदेखि शुरु भएको छ । प्रारम्भिक मत परिणाम अनुसार एनडीएले अधिकांश क्षेत्रमा अग्रता लिएको छ ।
पछिल्लो मत परिणाम अनुसार एनडीएले ३२३ क्षेत्रमा अग्रता लिएको छ भने ९ सिटमा विजयी भएको छ । कंग्रेसको गठबन्धन युनाइटेड प्रोगेसिभ एलाइन्स (युपीए) ले ६४ क्षेत्रमा अग्रता लिएको छ ।
अन्य पार्टीले १४३ सिटमा र आम आदमी पार्टीले ४ क्षेत्रमा अग्रता लिएका छन् । कूल ५४३ सिटका लागि भारतमा २३ चैतदेखि २८ बैशाखसम्म नौ चरणमा भएको चुनावको मत परिणाम आज सार्वजनिक भइरहेको हो ।
चुनावमा ८१ करोड ४० लाख मतदातामध्ये ५१ करोडभन्दा बढी भारतीय मतदाताले मताधिकार प्रयोग गरेका थिए । लोकसभामा २७२ सिट ल्याउने दलले सरकार बनाउँछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
