थप समाचारशुक्रबार, जेठ २, २०७१
थापालाई महानन्द साहित्य साधक सम्मान
नेपाली भाषाको विकासमा योगदान पुर्याउने व्यक्तित्वलाई दिइने ‘महानन्द साहित्य साधक सम्मान’ बाट यसवर्ष थापा सम्मानित भएका हुन् । यो पुरस्कार महानन्द सापकोटा साहित्य पुरस्कार गुठीद्वारा अमेरिका, टेक्सासको ड्यालसस्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमार्फत् हरेक वर्ष प्रदान गरिन्छ ।
थापालाई रु.५० हजार नगदसहित कदरपत्रबाट सम्मान गरेको गुठीले जनाएको छ । ११८ औं महानन्द जन्मजयन्तीको अवसरमा अमेरिकास्थित ड्यालस काउण्टीमा मे १० तारिखमा आयोजित कार्यक्रमा पुरस्कारको घोषणा गरिएको थियो । तर, थापालाई नेपालमै सम्मान तथा पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ ।
लामो समय पत्रकारिता गरेका थापाले ‘हिमाल’ द्वैमासिकको सम्पादन, हिमाल खबरपत्रिकामा स्तम्भ लेखन, रेडियो सगरमाथामा टिप्पणीकार/प्रस्तोता भएर काम गरेका थिए । ‘शिक्षक’ मासिकका संस्थापक सम्पादक उनी अनुवादक तथा प्रकाशक समेत हुन् ।
उनी अझै नेपाली भाषा–साहित्य क्षेत्रमा सक्रिय छन् । उनले हालसम्म १८ वटा बाल किताब र २० वटा किताबको सम्पादन गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
