थप समाचारआइतबार, जेठ ४, २०७१
स्ववियु चुनाव १८ जेठमा
त्रिविको विद्यार्थी कल्याण निर्देशनालयले स्ववियु चुनावको नयाँ मिति तोकेको हो । यसअघि १४ जेठमा चुनाव गर्ने भनेर निर्देशनालयले मिति सार्वजनिक गरेको थियो ।
विभिन्न १९ विद्यार्थी सङ्गठनले विश्वविद्यालयले एकपक्षीय रूपमा चुनावको मिति घोषणा गरेको भन्दै त्यसलाई सार्न दबाब दिँदै आएको थियो । ती सङ्गठनले स्ववियु चुनाव हुने देशभरका क्याम्पसमा तालाबन्दी गर्दै आएका थिए ।
निर्देशनालयका प्रमुख गङ्गाबहादुर थापाले स्ववियु चुनावमा सबै विद्यार्थी सङ्गठनको सहभागिताका लागि मिति सारिएको बताए । नयाँ मिति पनि छलफल नै नगरीकन तोकिएकाले त्यसमा पनि सहभागि नहुने निर्णय गरेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका नेता राजाराम बर्तौलाले जानकारी दिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
