थप समाचारआइतबार, जेठ ४, २०७१
साझा प्रकाशनका निलम्बित महाप्रबन्धक विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले ४ जेठमा साझा प्रकाशनका निलम्बित महाप्रबन्धक झा विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । साझाका अस्थायी सहायकस्तर द्वितीय तहमा कार्यरत कर्मचारी माधवप्रसाद थपलियालाई अस्थायी सहायकस्तर प्रथम श्रेणीमा नियुक्ति दिई झाले साझाको सम्पत्तिमा नोक्सान पु¥याएको अख्तियारको दावी छ ।
उनले आवश्यक न्यूनत्तम शैक्षिक योग्यता बिना नै थपलियालाई नियुक्ति गरेको अख्तियारले जनाएको छ । अख्तियारले रु.३ लाख ६६ हजार ५७७ बिगो असुल उपर गर्न पनि भनेको छ ।
अख्तियारले झासँगै थपलियाविरुद्ध पनि मुद्दा दायर गरेको जनाएको छ । साझा प्रकाशन सहकारी संस्था लिमिटेडकी अध्यक्ष तथा महाप्रबन्धक झा यसअघि नै निलम्बित भएकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
