Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कलर्सको पहिलो जीत - Himalkhabar.com

खेलकुदआइतबार, जेठ ४, २०७१

कलर्सको पहिलो जीत

हिमालखबर

धनगढीमा ४ जेठमा भएको एनपीएल क्रिकेट प्रतियोगितामा कलर्सले सगरमाथा लेजेण्ड्सलाई ४ विकेटले हराएको हो । सगरमाथाले दिएको १०६ रनको लक्ष्य २७.३ ओभरमै ६ विकेटको क्षतिमा कलर्सले भेट्टायो ।

तस्वीरः दीपेन्द्र सापकोटा

उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३६, नट आउट रहेका हरिशंकर ३३, फैजल र सुवास प्रधानले समान १३/१३ तथा सिद्धान्त लोहनीले नटआउट ९ रन बनाए ।

सगरमाथाका लालबहादुर अधिकारी र राहुल विश्वकर्माले १/१ विकेट लिए भने निश्चल पाण्डेले ४ विकेट लिए पनि जीतका लागि पर्याप्त भएन ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको सगरमाथाले ३८.३ ओभरमै सबै विकेट गुमाएर १०५ रन मात्र बनायो । फितलो ब्याटिङ्ग गरेको सगरमाथाका लागि राहुल विश्वकर्माले २२ र परेश लोहनीले १८ रन बनाउनु बाहेक कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । उनीहरु कलर्सका बलरसामु निरीह देखिए ।

सगरमाथालाई सस्तैमा समेट्न कलर्सका बलरले महत्वपूर्ण भुमिका खेले । कलर्सका लागि संजम रेग्मीले ३, हरिशंकर साह, कुमार थापा र राज मोहम्मदले २/२ र फैजल खानले १ विकेट लिए ।
महत्वपूर्ण २ विकेट लिँदै नटआउट ३३ रन बनाएका कलर्सका हरिशंकर साह म्यान अफ दी म्याच भए ।

———————————————————————————————————————————————-

महेन्द्रनगरमा जगदम्बाको जीत

महेन्द्रनगरमा ४ जेठमा भएको खेलमा जगदम्बा जाइन्टले विशाल वारियर्सलाई ६ विकेटले हराएको छ ।

प्रतियोगिताअन्तर्गत ५ जेठमा धनगढीमा जगदम्बा जाइन्ट्स तथा कान्तिपुर गोर्खाज र महेन्द्रनगरमा पञ्चकन्या तेज र कलर्स एक्स फ्याक्टर्सकाबीच खेल हुनेछ ।

दीपेन्द्र सापकोटा, धनगढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>