थप समाचारआइतबार, जेठ ४, २०७१

सम्पत्तिका लागि सासुको हत्या

हिमालखबर

बारा, भवानीपुर जीतपुर गाविस–२ बकुलियास्थित भट्टीटोलमा एक जनाले आफ्नै वृद्धा सासुको हत्या गरेका हुन् । बारा, इनर्वासिरा गाविस–२ घर भएका ४५ वर्षीय वासुदेव चौधरीले ४ जेठ बिहान ९ बजेतिर बन्चरो प्रहर गरी सासुको हत्या गरेका हुन् ।

मृतक भंगियादेवीको घर । तस्वीरः श्याम गुप्ता

बन्जरो प्रहारबाट ६० वर्षीया भगियादेवी चौधरीको मृत्यु भएको छ । कोठामा सुतिरहेको अवस्थामा उनले सासुमाथि बन्चरो प्रहार गरेका हुन् ।

सासुको हत्या गरेर भाग्न लाग्दा गाउँले महिलाले उनलाई समातेर राखे पनि उनी उम्किएको इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायव निरीक्षक अरुणकुमार कुशवाहाले जानकारी दिए । उनले हत्याराको खोजी कार्य भइरहेको बताए ।

ससुरालीमा साता तथा जेठान कोही पनि नभएकाले सबै जायजेथा आफ्नो नाममा गर्न उनले पटक–पटक दबाब दिँदै आएको बुझिएको छ । तर, सासुले भने सम्पत्ति ज्वाईंको नाममा गर्न इन्कार गर्दै आएकी थिइन् ।

उनले आफ्ना चार जना छोरीलाई नै बराबर जायजेथा बाँडिदिने बताउँदै आएकी थिइन् । उनकी माइली छोरीकी श्रीमान् वासुदेव चौधरी विहेपछि नै ससुराली घरमा बस्दै आएका थिए ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>