थप समाचारसोमबार, जेठ ५, २०७१

अवैध सुनसहित एक भारतीय पक्राउ

हिमालखबर

जिल्ला प्रहरी कार्यालय पर्साले परवानिपुरबाट अवैध सुन बरामद गरेको हो । काठमाडौंबाट ७५७ ग्राम सुन लिएर वीरगञ्ज जाँदै गरेको गाडीमा आइरहेका बेला सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुनसँगै भारतको पश्चिम चम्पारण जिल्लाका अमितकुमार सर्राफलाई पक्राउ गरेको छ । बरामद गरिएको सुन रु.३४ लाख ५४ हजार ४८५ मूल्य बराबरको छ ।

भारतमा लोकसभा चुनाव अवधिभरी भने सुरक्षा व्यवस्था कडा पारिएकाले सुन तस्करीमा कमी आएको थियो ।

बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...