Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अवैध भीओआईपी मार्फत रु. १२ अर्बको कल बाईपास - Himalkhabar.com

अर्थ/बजारसोमबार, जेठ ५, २०७१

अवैध भीओआईपी मार्फत रु. १२ अर्बको कल बाईपास

हिमालखबर

इन्टरनेट तस्वीर

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अहिलेसम्म रु.१२ अर्ब ३६ करोड ४६ लाख ४ हजार ९५८ बराबरको अवैध कल बाईपास भएको जनाएको हो । अनुसन्धानको क्रममा अवैध भीओआईपी मार्फत् रु.१२ अर्ब ३६ करोड ४६ लाख ४ हजार ९५८ बराबरको कल बाईपास भएको ठहर गर्दै सीआईबीले माग दाबी गरेको जनाएको छ ।

सीआईबीले अहिलेसम्म अवैध भीओआईपी संचालन गर्ने १२० जनालाई पक्राउ गरिसकेको छ । त्यसमध्ये ९२ जना नेपाली र २९ जना विदेशी नागरिक रहेको सीआईबीको भनाइ छ ।

सीआईबीका अनुसार अवैध भीओआईपीमा प्रयोग हुने अत्याधुनिक उपकरणसहित १९ हजार ३०४ थान विभिन्न कम्पनीका सिमकार्ड अहिलेसम्म बरामद गरिसकेको छ । सीआईबीले अहिलेसम्म ५८ ठाउँमा अवैध भीओआईपी विरुद्ध अप्रेशन संचालन गरेको छ ।

अवैध भीओआईपी संचानल गर्नेहरुले जीओआईपी प्रविधिको प्रयोग गरी कल बाईपास गर्दै आएको पनि अनुसन्धानबाट देखिएको छ । जीएसएम प्रविधि प्रयोग गरी भीओआईपी अन्तर्राष्ट्रिय आगमन कल बाईपास गर्ने परिस्कृत रुप नै जीओआईपी हो ।

—————————————————————————————————————————————-

दुई जना पक्राउ

अवैध भीओआईपी संचालन गर्ने दुई जनालाई सीआईबीले पक्राउ गरेको छ । काठमाडौं–२३ ओमबहालका दिपेशरत्न शाक्य र सिन्धुली, झाँगाझोली गाविस–३ का शिव श्रेष्ठलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

उनीहरु ४ जेठमा कोटेश्वरबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट अवैध भीओआईपी संचालनका लागि प्रयोग नेपाल टेलिकमको सिमकार्ड, जीओआईपी, ल्यापटप, राउटर, जीएसएम एन्टेना लगायतका उपकरण पनि बरामद गरेको सीआईबीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>