Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यती एयरलाइन्सद्वारा १६ लाख सहयोग - Himalkhabar.com

थप समाचारसोमबार, जेठ ५, २०७१

यती एयरलाइन्सद्वारा १६ लाख सहयोग

हिमालखबर

ह्याविटाट् फर ह्युमानिटीका अरुण पललाई चेक हस्तान्तरण गर्दै यती एयरका डिपुटी म्यानेजिङ डाइरेक्टर नोर्वु छिरिङ शेर्पा र एयरलाइन्सका कार्यकारी निर्देशक विजय श्रेष्ठ(दाँया) ।

राजधानीमा ५ जेठमा आयोजित कार्यक्रममा यती एयरका डिपुटी म्यानेजिङ डाइरेक्टर नोर्वु छिरिङ शेर्पाले सेभ दि चिल्ड्रेन, दि युनाइटेड मिसन टु नेपाल, केयर नेपालह्याविटाट् फर ह्युमानिटीलाई चेक हस्तान्तरण गरेका हुन् । प्रत्येक संस्थाले ४ लाख ९ हजार ५१३ रुपैयाँ सहयोग प्राप्त गरेका छन् । यतीले प्रत्येक उडानको प्रत्येक टिकटबाट रु.४ छुट्याएर जम्मा भएको रकम सहयोग गरिएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा यती एयरलाइन्सका कार्यकारी निर्देशक विजय श्रेष्ठले सहयोग रकमको अधिकत्तम उपयोग गर्न सक्ने संस्थालाई सहयोग गरिएको बताए । सन् २००६ यता माइती नेपाल, स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र, सिविन नेपाल लगायतलाई गरेर जम्मा एक करोड ६ लाख ७९ हजार ८०४ सहयोग गरिसकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार तीन वर्ष पहिला नेपाल हाडजोर्नी अस्पताल, जोरपाटीका लागि रु.१० लाख सहयोग गरिएको थियो ।

यसैबीच सन् २०१० बाट शुरु सुदूरपश्चिम हरित योजनाअन्तर्गत दुई लाख ५० हजार रुखका विरुवा रोपिसकेको यती एयरलाइन्सका मिडिया म्यानेजर रोशन रेग्मीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>