Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पाँचथरमा दुर्लभ रेडपाण्डा - Himalkhabar.com

थप समाचारसोमबार, जेठ ५, २०७१

पाँचथरमा दुर्लभ रेडपाण्डा

हिमालखबर

लक्ष्मी गौतम, पाँचथर

उच्च पहाडी र हिमाली क्षेत्रमा रहेका वन्यजन्तुको पहिचान गर्ने उद्देश्यले खटिएका स्थानीय वैज्ञानिकहरुको समूहले पाँचथरको फलैंचा गाविस–१ मूलडाँडामा लोपोन्मुख र दुर्लभ रेडपाण्डा (हाब्रे) फेला पारेको हो । त्यस क्षेत्रमा रेडपाण्डाको खोजी अनुसन्धानमा लागेका उनीहरुले ४ जेठ, २०७१ मा रेड पाण्डा फेला पारेको बताएका छन् ।

पाँचथरको फलैंचामा भेटिएको रेडपाण्डा । तस्वीर सौजन्यः तेजु राई

पाँचथरका वन क्षेत्रमा रेडपाण्डा पाईने अनुमान लगाइए पनि प्रत्यक्ष रुपमा भेटिएको यो पहिलोपटक हो । उक्त क्षेत्रमा स्थानीय वैज्ञानिकको रुपमा राखिएका वन अभिभावक तेजु राईको टोलीले रेडपाण्डा फेला पारेको हो ।

टोलीले दुईसाता लामो खोज अनुसन्धान पश्चात रुखमा बसिराखेको अवस्थामा रेडपाण्डा फेला पारेको वन्यजन्तुको पहिचान र संरक्षणका लागि क्रियाशील दीपज्योती युवा क्लबका कार्यक्रम संयोजक वाङचु भुटियाले जानकारी दिए ।

घना जंगल रहेका स्थानमा आराम गरिरहेको अवस्थामा रेडपाण्डा फेला पारिएको वन अभिभावक राईले बताए । राईका अनुसार भेटिएका रेडपाण्डा दिन भर त्यही रुखमा बसेको थियो ।

उनले सोही अवस्थामा रेडपाण्डाको तस्वीर र भिडियो पनि खिचेका थिए । अध्ययनको क्रममा रेडपाण्डा पाईने विभिन्न संकेत भेटिए पनि सो स्थानमा कति संख्यामा रेडपाण्डा छन भन्नेबारे चाँही खुलाइएको छैन ।

“रेडपाण्डा पाईन्छ भनिए पनि कस्तो हुन्छ भन्ने देखेका थिएनौ,” उनले भने, “आँखा अघि देख्न पाउँदा खुसि लाग्यो, यो त राम्रो र इमान्दार र आकर्षक प्राणी रहेछ ।”

टोलीले रेडपाण्डा भेटिने सम्भावित स्थानमा ब्लक निर्माण गरी दुई महीना अघिदेखि रेडपाण्डाबारे अध्ययन गर्दैैछ । रेडपाण्डा नेर्टवक र दिपज्योती युव क्लबले गरेको अध्ययनका आधारमा रेडपाण्डा पाईने वनको रुपमा पहिचान गरिएका ६ गाविसमा १२ वटा वनमा एक–एक जना वन अभिभावक खटाइएको छ ।

“वन अभिभावकहरुको रिर्पोट अनुसार विभिन्न वन क्षेत्रमा रेडपाण्डाका बासस्थान रहेको अनुमान गरिएको छ,” भुटियाले भने, “रेडपाण्डाको दिसा, हिडेको डोब, मोहोडाका आधारमा बासस्थानको अध्ययन गर्न प्राविधक ज्ञान दिएर वन अभिभावक खटाइएका हौं ।”

पाँचथरका उच्च पहाडी च्याङथापु, फलैचा ,सिदिन ,प्राङबुङ ,मेमेङ, लुङरुपा र रानीटार गाविसमा रेडपाण्डा पाईने अनुमान गरिएको छ । यीमध्ये रानीटारमा भने बासस्थान पहिचानको कार्यक्रम सञ्चालन भएको छैन ।

रेडपाण्डा नेर्टवकका संरक्षण संयोजक सोनाम टासी लामाका अनुसार संकटापन्न अवस्थामा रहेको रेडपाण्डाको अध्ययन देखेर भन्दा पनि संकेत चिन्हका आधारमा गर्नुपर्छ । पाँचथरमा २५ देखि ३४, इलाममा २३ देखि ४० र ताप्लेजुङमा ७७ देखि १३४ रेडपाण्डा पाईने अनुमान गरिएको दिपज्योती युवा क्लबको अध्ययनमा आधारित तथ्यांकले देखाएको छ ।

मेची अञ्चलका ईलाम, पाँचथर र ताप्लेजुङका तीन जिल्लामा ६०५ वर्ग किलोमिटर वन क्षेत्रमा रेडपाण्डा पाईने अनुमान गरिएको छ । रेडपाण्डा २ हजार २०० देखि ४ हजार ८०० मिटरको उचाईमा मालिंगो ,निगालो भएको शितोष्ण र चौडापात पाईने वनमा पाईन्छ ।

पाँचथरको फलैंचामा भेटिएको रेडपाण्डा । तस्वीर सौजन्यः तेजु राई

नेपाल लगायत भारत, भटान, बर्मा, चीनमा पनि रेडपाण्डा पाईन्छ । विश्वमा दश हजारको संख्यामा रहेको हुनसक्ने अनुमान गरिएको रेडपाण्डा नेपालमा ३०० देखि ६०० को संख्यामा हुनसक्ने अनुमान गरिएको संयोजक लामाले बताए ।

मानवीय गतिविधिका कारण रेडपाण्डा जोखिममा पर्न थालेका बताइन्छ । अव्यवस्थित निर्माण, वन फडानी तथा चोरी निकासीका कारण रेडपाण्डा जोखिममा पर्न थालेकाले संरक्षणका लागि सचेतामूलक कार्यक्रम शुरु गरिएको दीपज्योतीका कार्यकारी निर्देशक सुनिल वान्तावाले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>