रमझमसोमबार, जेठ ५, २०७१

सृष्टिको डेब्यु

हिमालखबर

२६ वैशाखबाट राजधानीका मल्टिप्लेक्स हलहरूमा प्रदर्शन भइरहेको फिल्म रेड मनसून की नायिका सृष्टि ललितपुर, सानेपाकी स्थानीय हुन्। म्यास्याच्युसेट्सको माउन्ट होलियोक कलेजमा अर्थशास्त्रकी विद्यार्थी उनी यो चलचित्रप्रति निकै आशावादी छन्।

“मैले मेरो भूमिकाका लागि जति मिहिनेत गरेकी छु, फिल्ममा सबैले त्यति नै मिहिनेत गरेका छन्, हरेक पक्षबाट” सृष्टि भन्छिन्, “त्यसैले यो फिल्मबाट ठूलो अपेक्षा राखेकी छु।”

चलचित्रमा उनी एउटा निम्न मध्यमवर्गकी संघर्षशील युवतीको चरित्रमा छिन्। साढे तीन वर्षअघिको चलचित्र हाइवे मा उनी बेहुलीको भूमिकामा देखिएकी थिइन्। नायिका नै भएको रेड मनसून उनको अभिनय करिअरका लागि महत्वपूर्ण छ।

शेक्सपियरको ओथेलो नाटकबाट अभिनयमा आएकी सृष्टिले स्टुडियो सेभेनको चरित्र कन्फेरेन्स अफ द बर्डस्, फ्रिलान्सर्स नेपालको द ग्लास मेनाजरी जस्ता अंग्रेजी नाटकमा अभिनय गरिसकेकी छन्।

उनी भन्छिन्, “रेड मनसून हाम्रै वरिपरिको वास्तविक कथा भएकाले दर्शकले मन पराउनेमा विश्वस्त छु।” नेपाली सिनेमा दु्रत गतिले बदलिरहेको बताउने उनी स्त्रि्कप्ट बलियो छैन भने अभिनय मात्रैको अर्थ नहुने बताउँछिन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>