थप समाचारमंगलबार, जेठ ६, २०७१

थाईल्याण्डमा सेनाको ‘मार्शल ल’

हिमालखबर

थाईल्याण्ड सेनाले ६ जेठ बिहान ‘मार्शल ल’ लगाएको घोषणा गर्दे अधिकार आफ्नो हातमा लिएको छ । सेनाले टेलिभिजन स्टेशनहरुमा पनि नियन्त्रण जमाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

तस्वीरु साभारः द गार्जियन

थाईल्याण्ड सेनाका प्रमुख प्रयुध चान ओचाले एक वक्तव्य जारी गर्दै शान्ति व्यवस्था कायम राख्न यस्तो कदम उठाएको बताएका छन् । जतिसक्दो चाँडै सबै पक्षबीच सहमति हुने आशा राखेको उनले वक्तव्यमा भनेको संचारमाध्यमले जनाएका छन् ।

थाईल्याण्डमा लामो समयदेखि सरकार र विपक्षीबीच तनाव चलिरहेको थियो । त्यहाँको अदालतले प्रधामन्त्री यिङलक सिनावात्राको मन्त्रिमण्डललाई हटाउन आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...