Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मेडिकल ट्रष्ट सहयोगार्थ एकल साँझ - Himalkhabar.com

रमझममंगलबार, जेठ ६, २०७१

मेडिकल ट्रष्ट सहयोगार्थ एकल साँझ

हिमालखबर

आफै जन्मेको जिल्ला सोलुखुम्बुको एक मेडिकल ट्रष्टका लागि गायक कार्कीले राजधानीमा एकल साँझ गर्न लागेका हुन् । सोलुखुम्बुको वाकु गाविसस्थित वाकु प्रतिष्ठान नेपालद्वारा संचालित मेडिकल ट्रष्टको सहयोगार्थ उनीले एकल साँझमा गाउने भएका हुन् ।

सोलुको विकट गाउँ वाकुका गरिब, असहाय बिरामीलाई उपचार गर्नका लागि सहयोग गर्ने उद्देश्यले एकवर्ष अघि ट्रष्ट स्थापना भएको हो । एकल साँझको आयोजना भने गाँउले ईन्टरटेन्मेन्टले गर्न लागेको हो ।

एकल साँझ जमलस्थित नाँचघरमा हुने गायक कार्कीले जानकारी दिए । एकल साँझबारे जानकारी दिन ५ जेठमा आयोजित पत्रकार सम्मेलनमा उनले विशुद्ध सामाजिक कार्यका लागि एकल साँझ गर्न लागेको बताए ।

सांगीतिक यात्राको क्रममा दुई हजार भन्दा बढी गीत गाइसकेका उनले एकल साँझमा भने आफ्ना लोकप्रिय एक दर्जन गीत प्रस्तुत गर्नेछन् । कार्कीलाई गायिका मिलन अमात्य, जुना प्रसाईं, प्राश्ना शाक्य र शोभा काफ्लेले साथ दिनेछन् ।

आयोजक संस्था गाउँले इन्टरटेन्मेन्टका अध्यक्ष बलबहादुर राईले ग्रामीण क्षेत्रको स्वास्थ्यमा थोरै भए पनि योगदान पुगोस् भनेर कार्यक्रम गर्न लागेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>