Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
देवरले जलाउँदा घाइते महिला र तीन बच्चालाई काठमाडौं पठाइयो - Himalkhabar.com

थप समाचारमंगलबार, जेठ ६, २०७१

देवरले जलाउँदा घाइते महिला र तीन बच्चालाई काठमाडौं पठाइयो

हिमालखबर

तुफान न्यौपाने, नेपालगञ्ज

तस्वीरः तुफान न्यौपाने

देवरले कोठामा थुनेर आगो लगाएपछि जलेर घाइते भएकी २२ वर्षीया चन्दा सल्मानी, उनकी ५ वर्षीया छोरी मारिया, ३ वर्षका छोरा रियाजुल र १० वर्षका अर्का छोरा रिहानलाई ६ जेठ साँझ काठमाडौं पठाइएको हो । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा थप उपचार हुन नसकेपछि उनीहरुलाई काठमाडौं पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. पिताम्बर सुवेदीले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुको २५ देखि ५० प्रतिशतसम्म छाला जलेकाले नेपालगञ्जमा उपचार हुन नसकेको हो । नेपालगञ्जमा २५ प्रतिशतसम्म छाला जलेको मात्र उपचार हुँदै आएको छ ।

सुवेदीले अस्पतालमा प्लाष्टिक सर्जरी गर्ने डाक्टर नभएकाले उपचार हुन नसक्ने बताए । उनीहरुलाई दुई वटा एम्बुलेन्समा राखेर काठमाडौं पठाइएको हो । उनीहरुको उपचार खर्चका लागि विभिन्न स्थानीय संघसंस्थाले रकम सहयोग गरेका छन् ।

बाँके जैसपुर–१ का सद्दाम नाउले भाउजुसहित भतिजाभतिजीलाई घरमा झ्यालढोका बन्द गरेर ६ जेठ बिहान आगो लगाएका हुन् । दाईसँगको लेनदेन विवादका कारण उनले दाईको परिवारलाई नै आगो लगाएर जलाउने प्रयास गरेका हुन् ।

ओछ्यानमा सुतिरहेको बेला जलेर घाइते उनीहरुको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा प्रारम्भिक उपचार गरिएको छ ।

डोल्पामा दाईसँगै व्यवसाय गर्दै आएका सद्दाम दुई दिन अघि मात्र बाँके झरेका थिए । उनी दाईसँगै डोल्पामा सैलुनमा काम गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>