थप समाचारबुधबार, जेठ ७, २०७१

लागूऔषध ब्राउन सुगरसहित दुई पक्राउ

हिमालखबर

दाङ, तुलसीपुर नगरपालिका–६ गुम्राह चोकबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गुम्राह चोकबाट ४ जेठमा पक्राउ परेका उनीहरुलाई प्रहरीले ६ जेठमा सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नारायणपुर–१ म बस्ने रुपन्देही, धबदही–६ का १८ वर्षीय मधुसुदन सिंह र घोराही नगरपालिका–१० का १७ वर्षीय सौरभ बस्नेत छन् । उनीहरुको साथबाट ६.२ ग्राम ब्राउन सुगर फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तस्वीरः देविका घर्ती मगर

उनीहरुलाई लागूऔषध ओसारपसार ऐन अन्तर्गत कारबाही हुने प्रहरी नायव उपरीक्षक तुलबहादुर कार्कीले बताए ।

यसैबीच, प्रहरीले मोबाइल पसलमा चोरी गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । दाङ, उरहरी–५ हस्तपुरका २१ वर्षीय भुपेन्द्र वलीलाई ५ जेठ राति पक्राउ गरी प्रहरीले ६ जेठमा सार्वजनिक गरेको छ ।

देविका घती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>