थप समाचारबुधबार, जेठ ७, २०७१
नेता नेपाल डिष्चार्ज
बिरामी भएर वीर अस्पतालमा उपचार गराएका एमाले वरिष्ठ नेता नेपाल पूर्ण रुपमा स्वस्थ भएका छन् । पूर्ण रुपमा स्वस्थ भएका उनलाई अस्पतालले ७ जेठ बिहान डिष्चार्ज गरेको छ ।

वीर अस्पतालमा उपचारपछि पूर्ण रुपमा स्वस्थ भइ डिष्चार्ज पश्चात घर फर्किदैं एमाले नेता माधवकुमार नेपाल । तस्वीरः आनन्दराम डंगोल
डिष्चार्ज भएर उनी घर फर्किएको उनको पारिवारिक स्रोतले जनाएको छ । निमोनियाका कारण ३१ बैशाख साँझ उनी अस्पताल भर्ना भएका थिए ।
उनीको अस्पतालको आईसीयू कक्षमा राखेर उपचार गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
