थप समाचारबुधबार, जेठ ७, २०७१
पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीः गृहमन्त्री
गृहमन्त्री गौतमले विभिन्न समयमा पत्रकारमाथि भएका आक्रमणका दोषीलाई कारबाही गरिने बताएका हुन् । राजधानीमा ७ जेठमा शुरु भएको पत्रकार महिलाहरुको राष्ट्रिय सम्मेलनमा उनले कानुनी कारबाहीमा नआएका दोषीलाई कारबाही गरिने दावी गरे ।
उनले पत्रकार हत्याका विभिन्न घटनाको न्यायिक छानबीन हुने पनि बताए । उनले पत्रकारको जीवन बिमाका लागि सरकारले प्रक्रिया थाल्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सभापति महेन्द्र बिष्टले पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई कारबाही नहुँदा आक्रमणकारीहरको मनोबल बढेको गुनासो गरे । उनले प्रेस स्वतन्त्रतामैत्री वातावरण तयार पार्न पनि सरकारसँग आग्रह गरे ।
महासंघका पूर्व सभापति शिव गाउँलेले देशमा लोकतन्त्र आएर पनि अझैसम्म प्रेस स्वतन्त्रताको प्रत्याभूति हुन नसकेको बताए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका ६० पत्रकार महिलाको सहभागिता छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
