Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पत्रकार महिलाको सम्मेलन सकियो - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ ८, २०७१

पत्रकार महिलाको सम्मेलन सकियो

हिमालखबर

काठमाडौंमा दुई दिनसम्म चलेको ‘पत्रकार महिलाको राष्ट्रिय सम्मेलन’ ८ जेठमा सकिएको हो । घोषणापत्रमा आमसञ्चार क्षेत्रलाई समावेशी बनाउन माग गरिएको छ ।

तस्वीरः देबकी बिष्ट

निश्चित अवधिसम्म सकारात्मक विभेदको नीति लागू गरी पत्रकार महिलाको सहभागितामा वृद्धि र पेशामा निरन्तरताको वातावरण बनाउन सरकार, सम्बद्ध सञ्चारगृह र महासङ्घलगायत सञ्चारसम्बद्ध सबै सङ्घसंस्थाको ध्यानाकर्षण गराउने, सरकारी तथा निजी सञ्चारमाध्यमका समाचार कक्ष लैङ्गिकमैत्री बनाइ प्रकाशन, प्रशारणका विषयवस्तुमा समेत त्यसको प्रभाव देखिने वातावरण बनाउनुपर्ने घाषणापत्रमा उल्लेख छ ।

कार्यथलोमा पत्रकार महिलाको भौतिक असुरक्षा, यौनजन्य हिंसा या दुव्र्यवहारको घटना हुन नदिन भरपर्दो व्यवस्था गर्न र यस्ता घटना भएमा दोषीलाई कानुनी कारबाही तथा पीडितलाई न्याय दिलाउन उपयुक्त संयन्त्र बनाई कार्यान्वयन गर्नुपर्ने, सबैखाले सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार ऐन–२०५१ को कार्यान्वयन गर्नुपर्ने र त्यसलाई लैङ्गिकमैत्री हुने गरी संशोधन र पत्रकार महिलाको सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने सम्मेलनले ठहर गरेको छ ।

रात्रि सेवामा काम गर्ने पत्रकार महिलालाई सञ्चारगृहकै सवारीसाधनबाट सुरक्षित आवागमनको व्यवस्था गर्नुपर्ने, सञ्चार प्रतिष्ठानलाई लैङ्गिकमैत्री बनाउने निर्देशिका २०७१ तत्काल पारित गरी लागू गर्न सम्मेलनले सरकारसँग आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>