Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चमेलियाको ८० प्रतिशत काम सम्पन्न - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, भाद्र २२, २०६९

चमेलियाको ८० प्रतिशत काम सम्पन्न

हिमालखबर

पाँच वर्षदेखि निर्माण हुँदैआएको आयोजना गत आर्थिक वर्षमा नै सम्पन्न हुनुपर्ने थियो । विभिन्न प्राविधिक तथा बन्द हडतालजस्ता कारणले गर्दा समयमै सम्पन्न हुन नसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ३० मेगावाट क्षमताको आयोजना एक वर्षभित्र सम्पन्न हुने बताइएको छ । चरम लोडसेडिङको समस्या भोगिरहेको मुलुकलाई केही भए पनि त्राण दिनका लागि सो आयोजना सहयोगीसिद्ध छ ।

प्राधिकरणका कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठले भने, ‘दार्चुलाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनामा ८० प्रतिशत काम सम्पन्न भएको छ आगामी वर्ष सो आयोजना पूरा हुने विश्वास लिएका छौँ’ । प्राधिकरणको २८ औँ वर्ष प्रवेशको अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा समेत आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको उल्लेख गरिएको थियो । प्राधिकरणका अनुसार चमेलियाको सुरुङ १२ मे २०१२ मा ‘ब्रेक थ्र’ गरिसकिएको छ भनॆ बाँधस्थलमा ७६ प्रतिशत इन्टेकको ११ प्रतिशत र कनेक्टिङ टनेलको ९७ प्रतिशत काम सकिएको छ ।

पावरहाउसको ८७ प्रतिशत, सर्ज टैंकको ७१ प्रतिशत, पेनस्टकको ६० प्रतिशत र टेलरेसको ६३ प्रतिशत निर्माण सम्पन्न भएको छ । आयोजनाको सम्पूर्ण सिभिल निर्माणमा ७५ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ । विद्युत् गृहभित्र संरचना जडान भइरहेको र १३२ केभी प्रसारण लाइनमा पनि काम भइरहेको छ । प्रसारण लाइनअन्तर्गत ९९ प्रतिशत टावरको जग निर्माण गरिएको र ९३ प्रतिशत टावर जडान गरिएको बताइएको छ । चमेलिया जलविद्युत् आयोजनाको निर्माण भएपछि सुदूरपश्चिमको विकासमा योगदान पुग्नाका साथै विद्युतीकरणमा समेत प्रगति हुने विश्वास लिइएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>