Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शोषण छ चियाबारीमा... - Himalkhabar.com

थप समाचारशुक्रबार, जेठ ९, २०७१

शोषण छ चियाबारीमा…

हिमालखबर

– गोपाल गड्तौला, झापा

झापा, शान्तिनगरस्थित वर्ने चिया बगानमा पत्ती टिप्दै निर्मला थापा। तस्वीरः गोपाल गड्तौला

९ वैशाखदेखि झापा र इलाममा रहेका नेपाल चिया विकास निगमका सात बाहेक सबै ५७ चिया बगान बन्द छन्। सरदर प्रत्येक दश दिनमा चुँडी सक्नुपर्ने चियाको हरियो पत्ती दुई खेप खेर गइसकेको छ। हरिया मुना नटिपेर डाँठ भइसकेको चियाको बोटको टुप्पो काटेर दाउरा बाल्नुपर्ने स्थिति आएको छ।

यसरी दैनिक तीन लाख केजी हरियो चियापत्ती नष्ट भइरहेको छ, जसको प्रतिकेजी रु.२० का दरले बजार भाउ रु.६० लाख पर्छ। तीन लाख केजी हरियो पत्तीबाट ६० हजार केजी चिया उत्पादन हुनेथियो, जसको अहिलेको बजार भाउ डेढ करोड रुपैयाँभन्दा बढी हुन्छ। यहाँबाट उत्पादित सीटीसी चिया गुणस्तर अनुसार प्रतिकेजी रु.२०० देखि रु.३०० पर्छ।

ज्यालामा विवाद

३५ वर्षदेखि गिरीबन्धु टी स्टेटमा काम गर्दै आएका कुमार सार्की (५२) का बाबु रंगे र आमा ठूली पनि त्यहीं मजदूरी गर्थे। उनका तीन छोराछोरी स्कूल पढिरहेका छन्। पति–पत्नीको मिलाएर मासिक रु.८ हजार कमाइले स्कूलमा छोराछोरीको शुल्क तिरेर पाँच जनाको परिवार मुश्किलले धानिएको छ। कुमार भन्छन्, “पाहुनालाई दुईछाक खुवाउनु पर्दा आफू दुई–चार छाक आधापेट बस्नुपर्छ।”

अहिले ज्याला बढाउने आन्दोलनमा उनी पनि लागेका छन्। झापा, इलाम र धनकुटाका चिया बगानमा कार्यरत उनीहरू जस्ता ४५ हजार मजदूर अहिले श्रम ऐनमा व्यवस्था भए अनुसार दैनिक रु.२०१ ज्याला हुनुपर्ने माग गर्दै आन्दोलनमा छन्। अहिले चिया मजदूरले काम गरेको दिनको रु.१५८ ज्याला पाउँछन्।

२०४८ को सो ऐनमा प्रत्येक दुई वर्षमा चिया मजदूरको ज्यालामा पुनर्विचार गरिने र त्यसमा मजदूर व्यवस्थापनबीच समस्या भए श्रम विभागले बनाएको समितिले ज्याला तोकिदिने व्यवस्था अनुरूप १ साउन २०७० देखि ज्याला बढ्ने उनीहरूको अपेक्षा थियो। “तर सञ्चालकहरू कानमा तेल हालेर बसे” गिरीबन्धु टी स्टेटका मजदूर नेता सन्तकुमार राई भन्छन्, “हामी जुर्मुराएपछि १० साउन २०७० मा श्रम विभागका महानिर्देशक कृष्णहरि पुष्करको संयोजकत्वमा बनेको कार्यदलले रु.४३ ज्याला बढायो।”

जसबाट असन्तुष्ट बगान सञ्चालक र व्यवस्थापकले सर्वोच्चमा दायर गरेको रीट २७ फागुन २०७० मा खारेज भयो। तर पनि ज्याला बढाउन बगान सञ्चालकहरू सहमत नभएपछि चिया मजदूरले २२ चैतदेखि आन्दोलन शुरू गरे।

निगममा असमानता

निर्मला थापा (४८) ले झापा शान्तिनगरको बर्ने चिया बगानमा पत्ती टिप्न थालेको २५ वर्ष भयो। बर्ने नेपाल चिया विकास निगम अन्तर्गतको चिया बगान हो। बिहान ७ बजे पत्ती टिप्न पुग्ने उनी अपरान्ह ४ बजेसम्म काम गर्छिन्। एक घन्टा खाना खाने छुट्टी बाहेक आठ घन्टामा उनले २६ केजी हरियो पत्ती टिप्नुपर्छ। जसबापत उनको हातमा रु.१५८ पर्छ। दुई जना छोराछोरीका लागि स्कूलमा मासिक रु.१२०० बुझाउनुपर्छ। काठमिस्त्री पतिको कमाइबाट मुश्किलले घर चलाएको उनी बताउँछिन्।

उता व्यवस्थापकले सर्वोच्चमा दायर गरेको रीट खारेज भएपछि सरकारको ३५ प्रतिशत शेयर रहेको नेपाल चिया विकास निगम अन्तर्गतको टोकला चिया बगानले भने मजदूरलाई दैनिक रु.२०१ ज्याला दिएको छ। तर निगमकै झापाका बाह्रदशी र बर्ने तथा इलामका इलाम, चिलिमकोट, सोक्तिम र कन्याम बगानले रु.१८० मात्र ज्याला दिएका छन्।

निगमका श्रम प्रशासन प्रमुख लोकनाथ दंगाल भन्छन्, “कार्यदलले तोके जति दिन सक्ने स्थिति छैन।” उनी चिया उद्योग जोगाउन सरकारले मलखाद र इन्धनमा सहुलियत दिनुपर्ने बताउँछन्। केही वर्ष अघिसम्म वार्षिक २९ लाख केजी हरियो पत्ती उत्पादन गर्ने बर्ने बगानले अहिले १४ हजार केजी मात्र उत्पादन गर्छ। उनका अनुसार निगम अहिले रु.३० करोड ऋणमा छ।

—————————————————————————————————————————————————

पूर्वराजाको चिया बगानले कर तिरेन

पूर्वराजा ज्ञानेन्द्र शाहको दमक–१५ स्थित हिमालय महालक्ष्मी चिया बगानले नगरपालिकालाई झन्डै रु.११ करोड १२ लाख एकीकृत सम्पत्ति कर तिर्न अटेर गरिरहेको छ। आव २०६२/६३ देखि दमक नगरपालिकाले स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही लागू गरेको एकीकृत सम्पत्ति कर हिमालय महालक्ष्मीले शुरूदेखि नै तिरेको छैन।

ज्ञानेन्द्रका काका हिमालयविक्रम शाहको नाममा तत्कालीन राजा महेन्द्रले २०१८ मा शिलान्यास गरेको चिया बगानको नाम पञ्चायत रहुन्जेल ‘हिमालय टी गार्डेन एन्ड फार्मिङ प्रालि’ थियो। दमकका १५ र ९ नम्बर वडामा ५७६ बिघा ६ कट्ठा ७ धुर जमीनमा रहेको चियाबगानको नाम पञ्चायतको समाप्तिपछि हिमालय गुडरिक र हाल आएर हिमालय महालक्ष्मी चिया बगान राखिएको छ।

पूर्वराजा ज्ञानेन्द्र चिया बगानमा रहेको ग्रीष्मकालीन दरबारमा पत्नी कोमलसाथ बसेको मौका पारी १२ राजनीतिक दलका स्थानीय एकाइले ३० वैशाखमा पत्रकारहरूलाई डाकेर बगानले कर नतिरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। एमाले दमक अध्यक्ष अम्बिका खनाल बगानले धनीपुर्जामा भएको भन्दा बाहेक थप दुई सय बिघा ऐलानी जमीन ओगटेको बताउँछन्। “चिया बगानले कर तिर्ने न्यूनतम दायित्व पूरा गरोस्”, खनालले भने।

चिया बगानले सम्पत्ति कर नबुझाउँदा र सडक कालोपत्रे गर्न नगरपालिकासँग साझ्ोदारी नगर्दा बगान भएर जाने दमक–१५ का दुइटा सडक, दमक–सेतुमारी र चियादोकान–बाह्रघरे खण्ड कालोपत्रे हुनसकेको छैन। ती सडक कालोपत्रे गर्न सडकको दुवैतर्फका सँधियारले साझेदारी गर्नुपर्छ।

उदय चिया उत्पादन गर्ने यो बगानले बगानभित्र भौतिक संरचना बनाउँदा नगरपालिकाबाट नक्शा पास गराउनुपर्ने नियम पनि पालन गरेको छैन। बगानभित्र भएको भौतिक संरचनाको विवरण पनि नगरपालिकालाई उपलब्ध गराएको छैन। सम्पत्ति कर तिर्न कैयौंपटक पत्राचार गर्दा चिया बगानले नटेरेपछि नगरपालिकाले ८ भदौ २०६९ मा इलाका मालपोत कार्यालय दमकलाई पत्र लेखी हिमालय महालक्ष्मी चिया बगानको नाममा रहेको सबै जमीन किनबेचमा रोक्का गर्न भनेको थियो।

जेठ २०५८ तेस्रो सातादेखि सो बगानमा राखिएको नेपाली सेनाको एउटा गुल्म पूर्वराजा नारायणहिटीबाट बाहिरिएको करीब दुई वर्षपछि मात्र उठाइएको थियो।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>