Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘अहिलेलाई मात्र आरक्षण चाहिएको हो’ - Himalkhabar.com

अन्तर्वार्ता/विचारशुक्रबार, जेठ ९, २०७१

‘अहिलेलाई मात्र आरक्षण चाहिएको हो’

हिमालखबर

दक्षिण एशियाली महिला भेलाकी आयोजक स्त्री शक्तिकी अध्यक्ष इन्दिरा श्रेष्ठसँग गरिएको कुराकानीः

दक्षिण एशियाली महिलाहरुको भेला किन गर्नुभएको हो?

९ देशका महिलाको नेटवर्क दक्षिण एशियाली महिला सञ्जाल ‘स्वान’ ले रणनीति योजना डकुमेन्टस गर्न पाँच वर्षदेखि काम गरिरहेको छ। त्यसमा सबै देशका प्राथमिकता पहिचान गरेर राख्ने उद्देश्य छ। अहिले हाम्रा अनुभव अरुलाई सुनाउन र अरु मुलुकका अनुभवबाट सिक्न हामीले यो भेला गरेका हौं।

दक्षिण एशियाली देशसँग तुलना गर्दा नेपाली महिलाको अवस्था कहाँ पाउनुहुन्छ?

कुनै क्षेत्रमा नेपाली महिला अगाडि छन्, जस्तै लैङ्गिक मैत्री बजेट र कानून निर्माणमा। अरु क्षेत्रमा पनि हामी धेरै पछाडि छैनौं। भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान जस्ता देशभन्दा हामी अघि नै छौं। तर, हाम्रो भावी पिंढीलाई अझ सशक्त पार्नुपर्ने आवश्यकता छ।

दक्षिण एशियाका महिलामा परिवर्तन ल्याउन केमा जोड दिनुपर्ला?

शिक्षा, प्राविधिक शिक्षा र आर्थिक अवस्था बलियो बनाउन जोड दिनुपर्छ। महिलासँग रहेको व्यावहारिक ज्ञानलाई आत्मसात् गर्न मद्दत गर्नुपर्छ।

नेपालमा महिलाका लागि कानून पर्याप्त छन् कि छैनन्?

गाउँका मात्र नभएर हामी जस्ता महिलाले पनि हिंसा भोग्नुपरेको छ। यसो हुनुमा सामाजिक संरचना कारण हो। कानूनले मात्र हुँदैन। शक्ति, नेटवर्क बलियो हुनुपर्छ। त्यसका लागि सपोर्ट ग्रुप बनाउनुपर्छ।

महिलालाई ३३ प्रतिशत आरक्षण दिने भनिएकोमा अहिले महिला मन्त्री तीन जना मात्र छन्। प्रतिशत र योग्यतामध्ये तपाईंलाई केमा विश्वास छ?

दुवैमा। तर, पुरुषको लेभलमा नआउँदासम्म महिलालाई सपोर्ट गर्न आरक्षण दिनै पर्छ। उच्च शिक्षा र आर्थिक सशक्तीकरण त गर्नै पर्छ। तर, पछिका लागि भने योग्यता नै हेरिनुपर्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>