रमझमशुक्रबार, जेठ ९, २०७१
नायक हमालको बिहे भोली
नायक हमाल १० जेठमा आफ्नी प्रेमिका मधु भट्टराईसँग वैवाहिक जीवनमा बाँधिने भएका हुन् । परिवारका सीमित सदस्यको उपस्थितिमा हमालले विवाह गर्ने तयारी गरेका छन् ।
हमालका निकट सहयोगी समेत रहेका निर्देशक रोशन हमालले १० जेठमै नायक हमालले विवाह गर्न लागेको बताए । हिन्दु परम्परा अनुसार हुने विवाहको स्थान भने गोप्य राखिएको छ ।
विवाहमा उनका घनिष्ट साथिभाई र परिवारभित्रका व्यक्ति मात्र हुनेछन् । विवाहमा मिडियालाई बन्देज लगाइएको निर्देशक रोशनले बताए ।
हमालका श्रीमती मधुको परिवारले गोप्यता खोजेपछि हमालको विवाह गोप्य रुपमा हुन लागेको हो ।
यसअघि हमाले १४ जेठमा विवाह गर्ने बताइएको थियो । हमालले पूर्व मोडल मधुसँग ३१ बैशाखमा होटल शंकरमा इन्गेजमेन्ट गरेका थिए । नौ वर्षको प्रेम सम्बन्धपछि उनीहरु विवाह बन्धनमा बाँधिन लागेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>