Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एनपीएलको उपाधी पञ्चकन्या तेजलाई - Himalkhabar.com

खेलकुदशनिबार, जेठ १०, २०७१

एनपीएलको उपाधी पञ्चकन्या तेजलाई

हिमालखबर

तस्वीरः दीपेन्द्र सापकोटा

जगदम्बा जाइन्ट्सलाई ९७ रनले हराउँदै पञ्चकन्या तेजले एनपीएलको उपाधि जितेको हो । धनगढीमा १० जेठमा भएको फाइनलमा २०१ रनको लक्ष्य पछ्याएको जगदम्बाले भेट्टाउन सकेन ।

३१.४ ओभरमा अलआट भएको जगदम्बाले १०३ रन मात्र बनाउन सक्यो । उसका नरेश बुढाएरले सर्वाधिक २९, भुपेन्द्र थापाले २२, सोमपाद कामीले १७ र महेश क्षेत्रीले १२ को योगदान गरे । अरु ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

जगदम्बालाई धरमर पार्न तेजका म्याद अफ दी म्याच राजकुमार प्रधानले ६ विकेट लिए । सुशील कँडेलले ३ र भुवन कार्कीले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेकसो पञ्चकन्याले निर्धारित ५० ओभरमा सबै विकेट २०० रनको स्कोर बनायो । उसका लागि ओपनर संजय श्रेष्ठले ७४ रनको योगदान गर्दा, शरद भेषवाकरले ४५ रन, सन्नी पुन तथा दीपेन्द्र ऐरीले १४/१४, आरिफ शेखले १२ र राजकुमार श्रेष्ठले नटआउट १० रन बनाए ।

जगदम्बाका शिभांकर सन्यासीले ३, कप्तान शक्ति गौचन, सोमपाल कामी, निजामुद्दिन अन्सारीले २÷२ र प्रेम तामा¨ले १ विकेट लिए ।

विजेता टोलीले पुरस्कारस्वरुप ट्रफीस“गै रु.२ लाख पायो भने उपविजेताले रु.१ लाखमा चित्त बुझायो ।

भुवन म्यान अफ दी सिरिज

पञ्चकन्या तेजका भुवन कार्की आफ्नै गृहभुमिका भएको प्रतियोगितामा म्यान अफ दी सिरिज भएका छन् । यू–१९ राष्ट्रिय टोलीका समेत कप्तान रहेका उनले ७ खेल खेलेर ८५ रन बनाउदै १४ विकेट लिएका थिए । उनले रु.२१ हजार प्राप्त गरे ।

दीपेन्द्र सापकोटा, धनगढी ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>