Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सिमसार क्षेत्रका दुर्लभ जलचर मर्न थाले - Himalkhabar.com

थप समाचारआइतबार, जेठ ११, २०७१

सिमसार क्षेत्रका दुर्लभ जलचर मर्न थाले

हिमालखबर

पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालय कपिलवस्तुले जगदीशपुर तालको पश्चिमतर्फको फाटक मर्मत गर्न भन्दै पानी सुकाएपछि तालका जलचरको अस्तित्व सङ्कटमा परेको छ । ताल सुकाउँदा त्यहाँ रहेको जैविक विविधता नष्ट हुन गई ताल सिमसारबाट हट्न सक्ने जगदीशपुर जलायशय बहुसरोकार मञ्चले चिन्ता व्यक्त गरेको छ ।

पानी सुकाउँदा तालमा रहेका संरक्षित एवम् लोपोन्मुख प्रजातिका चराचुरुङ्गी, कछुवा, सरिसृप तथा माछा धमाधम मर्न थालेका छन् । पानी सुक्नासाथ केही स्थानीयवासीले तालभित्र पसी माछा मार्नसमेत शुरु गरेको हुँदा तालको जैविक विविधता नष्ट हुने र सिमसार सङ्कटमा पर्ने स्थानीयवासी सुन्दर पाण्डेयले बताए ।

जगदीशपुर ताल सिँचाइको प्रयोजनका लागि निर्माण गरिएको हँुदा प्रमुख प्राथमिकता जलचरको संरक्षण नभएको डिभिजन सिँचाइ कार्यालयल इन्जिनियर रामकृष्ण घोरासैनीले बताए । “तालको मूल नहरकोे फाटक जीर्ण भएको हँुदा मर्मत अनिवार्य भएकाले ताल सुकाउनुपरेको हो”उनले भने ।

जगदीशपुर ताल संरक्षण समिति, जगदीशपुर ताल बहुसरोकार मञ्चलगायत संस्थाले तालको जैविक विविधता कायम राख्न तत्काल फाटक बन्द गरी तालमा पानी भर्नुपर्ने माग राखेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>