Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रहरीले प्रभावकारी अनुसन्धान गरेन: महिला आयोग - Himalkhabar.com

थप समाचारआइतबार, जेठ ११, २०७१

प्रहरीले प्रभावकारी अनुसन्धान गरेन: महिला आयोग

हिमालखबर

प्रहरीले महिला हिंसाका घटनामा जाहेरी लिनेदेखि, प्रयोगशालामा हुने परीक्षणसम्ममा प्रहरीले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएकी छन् ।

बाँकेमा एक महिना यता महिलालाई जलाएर भएका हत्याका घटनाको अनुमगनका लागि नेपालगञ्ज आइपुगेकी अन्सारीले ११ जेठमा आयोजित पत्रकार सम्मेलनमा अन्सारीले भनिन्, “अन्य अपराधमा तत्काल नतिजा दिने प्रहरीकोे छानबिन प्रक्रिया महिला हिंसाका घटनामा भने निकै सुस्त छ ।”

उनले देशैभर भइरहेका महिला हत्या र जिउँदै जलाउने घटनालाई महिला हिंसाको रुपमा मात्र नलिई त्यस्तो जघन्य अपराधको छानबिनको दायरा फराकिलो बनाउनु पर्ने बताइन् । “घटना पछाडिका कारण खोज्नुपर्छ, प्रहरीले यसो गर्न सकिरहेको छैन,” उनले भनिन् ।

जिउँदै जलाउने प्रयास भएका घटनामा विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्दासमेत प्राविधिक रुपमा तथ्य पत्ता लाग्न नसकेको उनले बताइन् ।

बाँकेको परस्पुरमा ९ जेठ साँझ आगलागीमा परी गोल्डी चतुर्वेदीको मृत्यु भएको घटनाको पनि स्थलगत अध्ययन गरेकी उनले आयोगको प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद भएको बताइन् । “दुर्घटना भन्न सकिने आधार कमजोर छन्,” उनले भनिन्, “घटना शंकापूर्ण भएको पाइएपछि प्रहरीले आजमात्र मृतक गोल्डीका पति केशवराम चतुर्वेदीलाई पक्राउ गरेको छ ।”
तुफान न्यौपाने, नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>