Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाली महिला टीमद्वारा पाकिस्तानविरुद्ध गोलको वर्षा - Himalkhabar.com

खेलकुदशनिबार, भाद्र २३, २०६९

नेपाली महिला टीमद्वारा पाकिस्तानविरुद्ध गोलको वर्षा

हिमालखबर

नेपाली राष्ट्रिय महिला फुटबल टीम । तस्बीरः गोलनेपाल

२३ भदौ बिहान श्रीलंकाको कोलम्बोमा भएको खेलमा चिरपरिचित प्रतिद्वन्दी पाकिस्तानविरुद्ध नेपालले सानदार जीत हासिल गरेको हो । खेल शुरु भएको  नवौं मिनेटमा खाता खोलेकी टीम कप्तान जमुना गुरुङले ह्याटि्रक पुरा गरिन् । जमुनाले ३२, ३४ र ४४ औं मिनेट थप गोल गरिन् । अर्का स्ट्राइकर अनु लामाले १६ र ५१ औं मिनेट गोल गरेर नेपालको जीत सुनिश्चित गर्न मद्दत गरेकी थिइन् ।

सजना राना मगरले ४२ औं र दीपा अधिकारीले ७२ औं मिनेटमा प्रहार गरेको बलले जाली चुम्दा नेपालले ८-० को अग्रता लियो । त्यसपछि दुबै टीमले गोल गर्न सकेनन् ।

सन् २०१० मा भएको खेलमा पनि नेपालले पाकिस्तानलाई ७-० र १२-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

समूह ‘बी’मा रहेको नेपालले २५ भदौमा माल्दिभ्स र २७ भदौमा अफगानिस्तानको सामना गर्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>