Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सेलेनाको 'गोप्य' भ्रमण खुला जानकारी - Himalkhabar.com

रमझमबुधबार, जेठ १४, २०७१

सेलेनाको ‘गोप्य’ भ्रमण खुला जानकारी

हिमालखबर

तस्वीर: विकिरण गौतम

स्थानीय बालबालिकासँग बालविवाह र बालश्रमबारे अन्तरक्रिया समेत गरेकी उनले बालश्रम विरुद्ध कार्यरत बालक्लबले शिक्षाबाट वञ्चित बालबालिकालाई विद्यालय ल्याउन गरिरहेको प्रयासको प्रशंसा गर्दै बालक्लबलाई विभिन्न वाद्य सामग्री हस्तान्तरण पनि गरिन्।

अनि स्थानीय तन्नेरीहरूसँगै विद्यालय प्राङ्गणमा थारु नाच झुम्रामा झुमिन्। सतवरियामा यसरी करीब अढाइ घण्टा विताएर सेलेना स्थानीय महिलाहरूको स्वास्थ्य अवस्था बुझ्न गंगापरस्पुर पुगिन्।

काठमाडौं फर्केलगत्तै पोखरा पुगेर अन्नपूर्ण क्षेत्रको अवलोकन गरेकी यी हिस्पानिक सुन्दरीले यसबीचमा भक्तपुर दरबार परिसरको अवलोकन गरिन् र पस्मिना सलहरू लिंदै ९ जेठमा हिमाली काखबाट विदा लिइन्।

नेपालभित्र यी हलिउडकी नायिका/गायिकालाई कतिले चिन्थे, थाहा छैन। तर बालबालिकाको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसंघीय संस्था युनिसेफले गराएको उनको ‘गोप्य’ भ्रमणले धेरैलाई गुगलमा गएर ‘सेलिना’ वा ‘सेलेना’ वा ‘गोमेज’ खोज्ने बनायो।

कारण थियो– सेलेनाको गोप्य भ्रमण फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालबाट एकपछि अर्को गर्दै सार्वजनिक भइरहनु– नेपालगञ्ज जाँदा हवाईजहाजबाटै, सतवरियामा थारु नाचबाटै र मायाको चिनो किन्न जाँदा पस्मिना पसलबाटै।
सुरक्षाको कारण देखाउँदै युनिसेफले ‘गोप्य’ राखेको यो भ्रमण यसरी गोप्य रहेन।

यसले देखाउँछ– सूचनाप्रविधिको सन्दर्भमा विश्वस्तरीय पहुँच बनाइसकेका नेपालीहरूको चासो पनि त्यही हदमा पुगिसकेको रहेछ।

दाङको सतवरियावासी हुन् या भक्तपुरका पस्मिना पसले या नेपाली विमान परिचारिका– सोसल मिडियाको प्रयोगमा त समान पो हुन थालेछन्!

देविका घर्ती, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>