अर्थ/बजारबुधबार, जेठ १४, २०७१
राष्ट्रबैंकद्वारा एचएण्डबी बैंक टेकओभर
नेपाल राष्ट्रबैंकको १४ जेठ बिहान बसेको सञ्चालक समितिको बैठकले एचएण्डबीको सञ्चालक समितिसहित प्रमुख कार्यकारी अधिकृत जसोदा सैंजुलाई निलम्बन गरेको छ ।
केन्द्रीय बैंकले उप–निर्देशक ज्ञानुकृष्ण अधिकारीको संयोजकत्वमा उप–निर्देशक विष्णुमणि गौतम र सहायक निर्देशक हेमराज अधिकारी सदस्य रहेको तीन सदस्यीय व्यवस्थापन समूह एचएण्डबी बैंकमा पठाएको छ ।
गतवर्ष बैंककै एक कर्मचारीले गुड फर पेमेण्ट चेकबाट करोडौं रुपैयाँ भुक्तानी गरेपछि बैंक समस्यामा पर्दै आएको थियो ।
राष्ट्र बैंकले गत कात्तिकमै एचएन्डबि डेभलमेन्ट बैंकको स्थलगत निरीक्षण गरी बैंकमा सुधारका लागि निर्देशन दिए पनि बैंक सञ्चालक समिति र सिइओले कार्यान्वयन नगरेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
