Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पत्रकारहरू राणा, विरही, ज्ञवाली र श्रेष्ठ पुरस्कृत - Himalkhabar.com

थप समाचारबुधबार, जेठ १४, २०७१

पत्रकारहरू राणा, विरही, ज्ञवाली र श्रेष्ठ पुरस्कृत

हिमालखबर

पुरस्कृत पत्रकारहरु सञ्चारमन्त्रीका साथमा ।तस्वीर: रासस

पुरस्कृत पत्रकारहरु सञ्चारमन्त्रीका साथमा । तस्वीर: रासस

पत्रकारिताका माध्यमबाट देश, जनता, लोकतन्त्र र राष्ट्रको सर्वाङ्गिण विकासमा लामो समयदेखि योगदान पु¥याएको भन्दै सरकारले पत्रकारहरु कवीर राणा, हरिहर विरही, अर्जुन ज्ञवाली र शम्भु श्रेष्ठलाई दुई–दुई लाख नगदसहित पुरस्कृत गरेको छ ।

सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले १४ जेठमा मन्त्रालयमा आयोजित एक समारोहमा सम्मानपत्रसहितको पुरस्कार प्रदान गरेका हुन् ।

कार्यक्रममा मन्त्री रिजालले स्वतन्त्र, निष्पक्ष र जिम्मेवारपूर्ण पत्रकारिताका माध्यमबाट पत्रकारले समाज र राष्ट्रको सर्वाङ्गिण विकासका लागि योगदान पुर्‍याउन सक्ने बताए ।

पुरस्कृत पत्रकार हरिहर विरहीले अधिनायकवादी व्यवस्थामा मात्र प्रेस र सरकारबीच शत्रुता रहने बताउँदै लोकतन्त्रमा भने दुवै पक्षबीच सहयोग, सहकार्यको वातावरण रहने धारणा व्यक्त गरेका थिए ।

पुरस्कार छनोट समितिका सदस्यहरू शिव गाउँले र यशोदा तिमिल्सिनाले पनि विचार अभिव्यक्ति तथा पत्रकारिताको क्षेत्रमा पुरस्कृत व्यक्तित्वले दिएको योगदानको स्मरण गर्दै पुरस्कारको दायरालाई फराकिलो बनाउँदै लानुपर्ने धारणा राखेका थिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>