रमझमबुधबार, जेठ १४, २०७१
किरण खरेललाई राष्ट्रिय स्रष्टा सम्मान
गीतकार किरण खरेलले ‘ऐतिहासिक राष्ट्रिय स्रष्टा सम्मान’ र गीतकार भावेश भुमरीले ‘वर्ष उत्कृष्ट गीतकार’ पुरस्कार प्राप्त गरेका छन् ।
गीतकार संघले चौथो वार्षिकोत्सवको अवसरमा १४ जेठमा राजधानीमा आयोजित कार्यक्रममा गीतकार खरेललाई रु १ लाख १ हजार सहित ‘ऐतिहासिक राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरेको हो । त्यसैगरि वर्षको उत्कृष्ट गीतकारबाट पुरस्कृत भावेशले पनि एक लाख रुपैयाँ र सम्मानपत्र प्राप्त गरे ।
भावेशले ‘धनका लागि परदेशिएँ’ बोलको गीतका लागि सो पुरस्कार पाएका हुन् ।
खरेल र भुमरीलाई कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ गीतकार रत्नशमशेर थापाल नगद र ताम्रापत्र प्रदान गरे ।
कार्यक्रममा सम्मानित गीतकार किरण खरेलले यो सम्मान आफ्नो लागि जीवनकै विशिष्ट सम्मान भएको बताए ।
गीतकार खरेलका ६ सय भन्दा बढि गीत रेकर्ड भएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>