Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाल आइसीसी वर्ल्ड क्रिकेटको डिभिजन थ्रीमा बढुवा - Himalkhabar.com

खेलकुदआइतबार, भाद्र २४, २०६९

नेपाल आइसीसी वर्ल्ड क्रिकेटको डिभिजन थ्रीमा बढुवा

हिमालखबर

अनिल मण्डल

१० अंक सहित नेपालले  डिभिजन थ्रीको यात्रातय गरेको हो । नेपालसँगै अमेरिका पनि डिभिजन थ्रीमा उक्लिएको छ । ६ अंक जोडेको अमेरिका डेनमार्क र सिंगापुरसँग समान अंक भएपनि रन रेटका आधारमा डिभिजन थ्रीमा पुगेको हो । पुछारका टीम मलेसियाले दुई अंक जोड्यो भने तान्जानीयाले खाता खोल्न सकेन ।

नेपालले मलेसियामा २४ भदौमा भएको खेलमा डेनमार्कलाई २५ रनले पराजित गरी डिभिजन थ्रीमा आफ्नो स्थान सुरक्षित गरेको हो । डेनमार्कलाई पराजित गर्ने क्रममा नेपालका ब्याट्सम्यान अनिल मण्डलले १३४ बलको सामना गर्दै ११३ रनको सतकीय पारी खेले । उनले वि चावलाको बलमा बोल्ड हुनुअघि ४ छक्का र ८ चौका प्रहार गरेका थिए । शरद भेषवाकरले २७, ज्ञानेन्द्र मल्लले २६, बसन्त रेग्मी २१ र विनोद दासले १५ रनको योगदान दिए ।

५० ओभरमा अलआउट हुँदै नेपालले डेनमार्कसामु २४१ रनको चुनौती पेश गरेको थियो । तर २५ ओभरमा तीन विकेट गुमाउँदै ७७ रन जोडेपछि वर्षाका कारण खेल प्रभावित हुँदा डेनमार्कले डकवर्थ लेविस्(डिएल) मेथड अनुसार ३१ ओभरमा १५६ रनको लक्ष्य पायो । निर्धारित ओभरमा १३० रन बनाएको डेनमार्क २५ रनले पराजित हुन पुगेको हो । डेनमार्कका लागि एन्ड्रेस् लार्म्वर्टले ४७ र रिजवान मोहम्मदले ३१ रन जोडेका थिए ।

डेनमार्कका ब्याट्सम्यानलाई सस्तैमा आउट गर्ने क्रममा कप्तान पारस खड्काले चार, बसन्त रेग्मी र संजम रेग्मीले समान दुई/दुई र शक्ति गौचनले एक विकेट झारेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>