अर्थ/बजारशुक्रबार, जेठ १६, २०७१

सरकारले चार आयोजना अघि बढाउने

हिमालखबर

सरकारले दुधकोशी चौंथो, म्याग्दी, बेनी कालिण्डकी र संखुवासभा खोला आयोजनाको काम अगाडि बनाउने भएको । दुधकोशी चौंथो ४९ मेगावाट, म्याग्दी ३२, बेनी कालिगण्डकी ५० र संखुवासभा खोला ३० मेगावाट क्षमताका हुन् ।

सरकारले प्रमुखताका साथ ती आयोजना अघि बढाउने तयारी गरहेको छ । सकेसम्म सरकारले नै ती आयोजनामा लगानी गर्ने र त्यो संभवन नभए मात्र निजी क्षेत्रलाई निर्माणका लागि आग्रह गरिने उर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले जानकारी दिए ।

उनका अनुसार ती आयोजनाको अध्ययनका लागि परामर्शदाता छनोटको काम अगाडि बढाइएको छ । आयोजनाले विद्युत् संकट निरुपणका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

यस्तै, लम्जुङको तल्लो चेपे जलविद्युत् आयोजनाको प्रारम्भिक प्रतिवेदन प्राप्त भएको तथा डडेल्धुराको डोटीगाड जलविद्युत् आयोजनाको स्थलगत रुपमा गरिने अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।

ताप्लेजुङको मौवा खोला र रोल्पाको माडी खोला जलविद्युत् आयोजनाको पनि स्थलगत अध्ययनको काम सम्पन्न भएको प्रवक्ता अधिकारीले जानकारी दिए । ती आयोजनाको निर्माण प्रक्रिया सुरु गरिने भनिए पनि विविध कारणले अवरुद्ध हुँदै आएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>