अर्थ/बजारआइतबार, जेठ १८, २०७१

वार्षिक एक खर्बको कृषिजन्य उत्पादन भारतबाट

हिमालखबर

नेपालले वार्षिक तरकारी फलफूल र मासुजन्य वस्तु गरी करिब रु ४५ अर्ब र चामल, गहुँ, तेल, दाललगायतका वस्तुसमेत गरी थप करिब रु ५५ अर्ब बराबरको कृषि उत्पादन आयात गरिरहेको छ ।

नेपालले कृषिको आयातलाई मात्र प्रतिस्थापन गर्ने हो भने भारतसँगको व्यापार घाटामा करिब ३८ प्रतिशतले कमी आउने छ ।

नेपालको भारतसँगको व्यापार घाटा वार्षिक करिव रु चार खर्ब ८० अर्ब पुगिसकेको छ ।

बल्खु कृषि तथा तरकारी बजारले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले राज्यले प्रोत्साहन दिएर कृषि क्षेत्रको विकास गर्नुपर्ने विचार व्यक्त गरे ।

नेपालमा कृषि क्षेत्रको विकासको प्रचुर संभावना भएर पनि सरकारले लागू गरेका नीतिहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अर्बौ रुपैयाँको आयात गर्नुपरेको कृषि व्यवसायीहरूको धारणा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>