Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तीज गीतमा राजेश हमाल नाच्दा आयोजकलाई हम्मे - Himalkhabar.com

रमझमआइतबार, भाद्र २४, २०६९

तीज गीतमा राजेश हमाल नाच्दा आयोजकलाई हम्मे

Rishiram Kattel

रमेशराज भट्टराईले गाएको मुटुमै छौ माया‍‍‍‍‍‍‍‍‍‍‍‍‍………. गीतमा नायक हमाल छमछम नाचेपछि तीजको रमाइलो मान्न आएका महिलाहरु पनि स्टेजमै गएर नाच्न थालेपछि उनीहरुलाई हटाउन आयोजकले निकै गाह्रो पर्‍यो । आयोजक निरौलाले भनिन्, ‘राजेश दाइले नाच्दा केही समय त निकै गाह्रो भयो, खासमा नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि भएकाले कार्यक्रममा भीड नियन्त्रण गर्न हम्मे पर्‍यो ।’

हमाल त्यसअघि तीज मान्न आएका महिलाहरु नाचेको देखेर निकै मनोरन्जनको मुन्द्रामा देखिन्थे । उनले नाच्नेहरुलाई ताली बजाउँदै साथ दिएका थिए । धेरै सेलीब्रेटीहरुको उपस्थिति रहेको कार्यक्रममा वसुन्धरा भुषाल, राधा लम्साल भावु, रेजिना उप्रेती, शंकर विसी, सम्झना बुढाथोकी, लक्ष्मी गिरी लगायतले नाचेर दर्शकलाई मनोरन्जन दिए ।

तस्बीरहरुः ऋषिराम कट्टेल/हिमालखबर



त्यसो त तीजमा दर खान सहभागी भएका अरु महिलाहरु जोसिदै उनीहरुसँगै नाच्दा कार्यक्रममा छुट्टै रौनकता छाएको थियो । कार्यक्रममा आरपी भट्टराई, शिव हमाल, रमेशराज भट्टर्राई, माण्डवी त्रिपाठी, निशा सुनार लगायतले गत गाए । मनोज गजुरेल र शैलेन्द्र सिंखडाको हाँस्य प्रस्तुति हेर्न लायक थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने ५ जनालाई सम्मानसमेत गरियो ।

कार्यक्रममा समाजसेवी दिलशोभा श्रेष्ठ, डा. अरुणा उप्रेती, एचआइभी संक्रमित भई एचआइभीकै क्षेत्रमा काम गर्दै आएकी गोमा राई, अपांगतासम्बन्धी काम गर्दै आएका तथा अपांगता भएका भीमा खतिवडा र गंगा रायमाझीलाई जनही ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको थयो । कार्यक्रममा हाँस्य कलाकारहरु किरण केसी, राजाराम पौडेल, दिपकराज गिरी, सीताराम कट्टेल, नायिका निशा अधिकारी लगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>