Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गर्लफ्रेन्ड बनेर आएका हराउँछन्: गरिमा पन्त - Himalkhabar.com

रमझमबुधबार, जेठ २१, २०७१

गर्लफ्रेन्ड बनेर आएका हराउँछन्: गरिमा पन्त

हिमालखबर

गरिमा अन्तर्राष्ट्रिय अवार्ड पाउने पहिलो नेपाली नायिका भएकी छन्। सती प्रथामाथि बनेको यादव भट्टराई निर्देशित यो चलचित्र २०७० सालको व्यावसायिक रुपमा सफल फिल्म हो। डेढ दर्जन चलचित्रमा अभिनय गरेकी तनहुँ बराहीकी गरिमासँग हिमाल ले गरेको संक्षिप्त कुराकानीः

सार्ककी सर्वोत्कृष्ट नायिकाको अवार्ड जित्दा कस्तो महसूस भयो?
मैले अवार्डको खासै आशा गरेकी थिइनँ। म एकदमै हिट हिरोइन पनि हैन, तर कामप्रति इमानदार र मिहिनेती भएकीले राम्रो प्रतिफल पाएको ठानेकी छु। मलाई लाग्छ, यो अवार्ड मभन्दा बढी नेपाली नायिकाले र नेपालले पाएको हो। यसमा म अत्यन्तै खुशी छु।

झोला हिट भएपछि त तपाईंलाई कामको मारामार छ, हैन?
झोला को सफलता अनि त्यसमा मैले गरेको भूमिका र अभिनयका कारण निर्माता/निर्देशकले विश्वास गरेका छन्, काम पाइरहेकी छु। भर्खरै ठूली सकें, अहिले शम्भु प्रधानको रंग वैजनी मा काम गरिरहेकी छु। एउटा फिल्मको सफलताले ठूलो काम गर्दो रहेछ।

भनेपछि, झोला जस्ता सिनेमा अझ बन्नुपर्छ?
झोला नेपाली समाजको यथार्थ र इतिहास हो। यस्ता फिल्म पक्कै बन्नुपर्छ। तर, यसको अर्थ सबै यस्तै खाले बन्नुपर्छ भन्ने हैन। अहिले चलचित्र निर्देशक बन्ने रहरेहरु धेरै छन्, तर यस्ता विषयमा फिल्म बनाउन गहिरो अध्ययन चाहिन्छ, नत्र डुबिन्छ।

नेपाली चलचित्र कता जाँदैछ?
पहिले माया–प्रेमका एकै खालमा सूत्रबद्ध फिल्म बन्थे, अहिले विषयवस्तु धेरै फैलिएको छ। फरक विषय र स्वादका फिल्म बनिरहेका छन्। सिनेमा पढेेका राम्रा निर्देशक आइरहेका छन्, विदेशी फेस्टिभलमा नेपाली फिल्मको उपस्थिति बढ्दो छ। यसबाट नेपाली फिल्मले सही बाटो समातेको देखाउँछ।

नेपाली चलचित्रमा आएका नायिका किन हराइहाल्छन्?

प्रतिभाका बलमा आएका मिहिनेती टिक्छन्, गर्लफ्रेन्ड बनेर आएका ‘मिसयुज’ हुन्छन् अनि हराउँछन्। हिरोको कुरा पनि त्यही हो। पैसा हालेर हिरो भएका एक–दुई वटा फिल्मपछि हराउँछन्। पहिला जस्तो सानो बजार र थोरै फिल्मकर्मी छैनन् आज। चुलिंदो प्रतिस्पर्धामा टिक्ने साधन भनेको प्रतिभा र मिहिनेत मात्र हो।
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>