Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
डिआइडीकी तेरिया जिटीभीको टोलीसँगै घरमा (तस्वीर सहित) - Himalkhabar.com

रमझमबिहीबार, जेठ २२, २०७१

डिआइडीकी तेरिया जिटीभीको टोलीसँगै घरमा (तस्वीर सहित)

हिमालखबर

काठमाडौं विमानस्थलमा तेरिया फौजा । तस्वीर: ऋषिराम कट्टेल

डान्स इन्डिया डान्स (डिआइडी) प्रतियोगिताका लागि चार महिनादेखि भारतको मुम्बईमा रहेकी तेरिया अन्तिम पाँचमा छनोट हुने निश्चित भएपछि रूपन्देहीमा नृत्य छायांकनका लागि जीटीभीको टोलीसहित आएकी छन् ।

काठमाडौं विमानस्थलमा तेरिया फौजा । तस्वीर: ऋषिराम कट्टेल

तेरियाले नेपालमा रहँदा नृत्य प्रस्तुत गर्ने र आफूलाई भोट दिन आग्रह गर्ने कार्यक्रम छ। १४ वर्ष उमेरसम्मका ४० हजार प्रतिस्पर्धीलाई उछिन्दै उनी भोटिङ उत्कृष्ट १० मा पुगेकी थिइन्।

काठमाडौं विमानस्थलमा तेरिया फौजा । तस्वीर: ऋषिराम कट्टेल

आकर्षक नृत्य कलाका कारण निर्णायकको मन जितेकी उनले दर्शकबाट पनि सर्वाधिक भोट पाइरहेकी छन् । प्रतियोगिताको अन्तिम पाँचजनामा छनोट हुने तेरिया पहिलो नेपाली र कम उमेरकी प्रतियोगी हुन्।

काठमाडौं विमानस्थलमा तेरिया फौजा । तस्वीर: ऋषिराम कट्टेल

मुम्बईबाट काठमाडौं हुँदै भैरहवा आइपुगेकी तेरियाको टोलीलाई गौतमबुद्ध विमानस्थलमा विभिन्न संघसंस्था र तेरियाका आफन्तले भव्य स्वागत गरेका छन् ।

भैरहवा विमानस्थलमा तेरिया । तस्वीर: बबिता बुढाथोकी

भैरहवा हुँदै बुटवल र उनको जन्म गाउँ रुद्रपुर पुग्दासम्म उनको स्वागतमा हुने सबै गतिविधिको जिटिभीले छायांकन र प्रसारण गर्ने भएको छ ।

भैरहवा विमानस्थलमा तेरिया । तस्वीर: बबिता बुढाथोकी

बागेश्वरी संगीतालय बुटवलकी प्रशिक्षार्थी तेरिया रुद्रपुरस्थित विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। तेरियाले गत वर्ष काठमाडौंमा सम्पन्न राष्ट्रव्यापी नृत्य प्रतियोगितामा प्रथम भएकी थिइन् ।

भैरहवा विमानस्थलमा तेरिया । तस्वीर: बबिता बुढाथोकी

डीआईडी लिटिल मास्टर्सको उपाधि विजेताले ५० लाख भारु नगद र कारलगायतका उपहार प्राप्त गर्नेछन्।

काठमाडौं विमानस्थलमा ओर्लिए लगत्तै तेरिया । तस्वीर: ऋषिराम कट्टेल

प्रतियोगिताको फाइनल १ असारमा हुने जिटिभीले जनाएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>