रमझमशनिबार, जेठ २४, २०७१
सर्वनाममा गीत-संगीत
सधै नाटक हेर्ने दर्शकहरुले भरीभराउ हुने सर्वनाम थिएटर गत २२ जेठमा भने लोकभाकाले गुञ्जायमान भयो ।
सर्वनाम थिएटर कालिकास्थानमा हरेक अंग्रेजी महिनाको पहिलो दिन सांगीतिक कार्यक्रम ‘ द फ्युजन वेभ’ सञ्चालन थालेको छ । हरेक महिना विभिन्न ‘थिम’ मा प्रस्तुती दिइने द फ्युजन वेभमा यसअघि ‘नारायण गोपाल विशेष’ र ‘आधुनिक गीत’ गरी दुई चरणका कार्यक्रम भैसकेपछि तेस्रो चरणमा ‘लोकगीत विशेष कार्यक्रम’ गरिएको हो ।
कार्यक्रममा शिव अधिकारी र नविन गुरूङले असारे, धिमाल, कौडा लगायतका गीत गाए भने महिलाहरुको व्याण्ड श्रीताराले फ्युजन संगीत प्रस्तुत गरेको थियो ।
हरेक महिनाको १ तारेख हुने कार्यक्रम यसपटक भने ५ तारेखमा आयोजना गरिएको थियो । कार्यक्रममा प्रवेश शुल्क रु. १०० छ ।
देवकी बिष्ट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>